कोरोना संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको सरकारले आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ। सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयारी गर्न, क्वारेन्टाइन बनाउन, निषेधाज्ञा प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो।
इलामको समुदायमै पुग्यो कोरोना
इलामको समुदायमै कोरोना संक्रमण फैलिन थालेको छ। क्वारेन्टिनमा राखिएका व्यक्ति, सुरक्षा गण हुँदै समुदायस्तरमै कोरोना पुष्टि भएको हो।
तराईबाट मनाङ उक्लेका शिक्षकमा कोरोना संक्रमण
कोरोना भाइरसका एकजना संक्रमित निको भईसकेपछि हिमालपारिको जिल्ला मनाङ गत असार मध्यदेखि संक्रमण मुक्त भएको थियो।
कोरोनाले खोस्यो तीजको हर्षाेल्लास
कर्णाली प्रदेशसभा सदस्य कौशिलावती खत्रीले २ मिनेट २३ सेकेन्डको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट्याएकी छिन्।
बालिकालाई अपहरण गरी बलात्कार
बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ।
रहेनन् बाराको गढीमाई मन्दिरका पुजारी
पशुवलीको लागि प्रशिद्ध बाराको जिल्लाको महागढीमाई नगरपालिकाको वरियारपुरमा रहेको गढीमाई मन्दिरका मूल पुजारीको शुक्रबार मृत्यु भएको छ। ७६ वर्षको उमेरमा मूल पुजारी दुखन धामीको झाडापखालाका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
यस्तो छ आज दिउँसो र राति वर्षाको सम्भावना
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
बुटवल कोरोना अस्पतालमा प्यूठानका एक संक्रमितको मृत्यु
बुटवल कोरोना अस्पतालमा उपचाररत प्यूठानका एक कोरोना संक्रमितको शुक्रबार विहान मृत्यु भएको छ।
मोबाइलको डिस्प्लेसहित भारतीय नागरिकलाई पक्राउ
कैलालीमा १६ लाख रुपैयाँ भन्दा बढीको मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
बलात्कारको उजूरी दर्ता
बिजुली बत्ती गएको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले महदेवा गाउँपालिका–३ बथनाहाका ४५ वर्षीय रामसुन्दर सरदारविरुद्ध बिहीबार उजूरी दर्ता गरेको छ।
‘ज्यान जोगाउन सके फेरि छमछम नाचौँला’
यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका छन्। हिन्दू महिलाले भव्य रुपमा मनाउने तीज पर्व यस वर्ष कोरोनाका कारण साँच्चै नसोचेको भइदियो।
जुम्लामा ९६ जनाको परीक्षण गर्दा ५१ मा कोरोना संक्रमण
जुम्लाको हिमा गाउँपालिकाका ९६ जनामा कोरोना परीक्षण गर्दा ५१ जनाको रिपोर्ट पोजेटिभ आएको छ। बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणका क्रममा ५१ जना कोरोना पोजेटिभ देखिएका हुन्।
यस पटक राष्ट्रपति पशुपति नजाने
यस पटकको तीजमा राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति मन्दिरमा पूजाको लागि नजाने भएकी छन्। कोरोना महामारीका कारण मन्दिर दर्शनार्थ राष्ट्रपति सरिक हुन नसक्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
उद्योगका कामदारमा कोरोना संक्रमण फैलिदो
सुनसरीको औद्योगिक कोरिडोर क्षेत्र दुहवीका एकपछि अर्को उद्योगमा काम गर्ने कामदारका कोरोना पुष्टि हुने क्रम बढ्दो छ। दुहवीमा समूदाय स्तरमा कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएपछि उद्योगका कामदारको नमुनाको रुपमा पिसिआर परीक्षण गर्दा दश जनाको पोजेटिभ पुष्टि भएको हो।
कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु
प्रदेश सरकार र स्थानीय तहले आइसोलेसन बेड प्रबन्ध गर्न नसक्दा विराटनगरका एक जना कोरोना संक्रमितको घरमै मृत्यु भएको छ ।
रौतहटमा जघन्य अपराधका घटना बढ्दै
पछिल्लो समय रौतहटमा जघन्य अपराधका घटना बढ्दै गएपछि जिल्लावासी त्रसित भएका छन्। एक हप्ता नबित्दै दुई जनाको हत्या भएपछि रौतहटमा त्रास बढेको स्थानीयको भनाइ छ।
गाउँमा रित्तिँदै क्वारेन्टिन, सहरमा बढ्यो त्रास
कोरोना संक्रमणले तीव्र गति लिन थाल्दा तराईका क्वारेन्टिन भरिभराउ थिए। नाकाबाट आउजाउ सहज भएपछि पहाडमा पनि भारतबाट आउने युवाहरूको संख्या थपिँदा क्वारेन्टिन खचाखच भए।
पहाडमा देखियो कालाजार, एउटै वडाका पाँचजना बिरामी
गत वैशाखमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका एक ५० वर्षीय पुरुषलाई ज्वरो आउने, खाना खान मन नलाग्ने, छाला कालो हुने, कमजोरी हुनेलगायत समस्या देखियो। लक्षणका आधारमा उनले विभिन्न औषधि उपचार गरे।
कोरोनाको उच्च जोखिममा सडक सफाइ कर्मचारी
वीरेन्द्रनगर–१० पिपिराका ३४ वर्षीय बलबहादुर खत्रीले वीरेन्द्रनगरको चार लेन सडक सफाइ गर्दै आएका छन् । उनको मुखमा पुरानो माक्स छ । हातमा पन्जा छैन । सडक छेउ तथा नालामा गुट्का खाएर यत्रतत्र फालिएका फोहोर र माक्स छन् ।
निषेधाज्ञा सहरी क्षेत्र केन्द्रित
कोरोना भाइरसको संक्रमण देखिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाको आंशिक क्षेत्रमा मात्र निषेधाज्ञा लगाएको छ। १२ वटा वडा रहेको उक्त नगरपालिकाभित्र २ देखि ९ नम्बरसम्मका वडामा मात्रै निषेधाज्ञा लगाइएको छ।
आज हरितालिका तीज
विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज शुक्रबार मनाइँदै छ । हिन्दू पात्रोअनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गरिन्छ ।
निषेधाज्ञा उल्लंघन गर्नेलाई दिनभर उभ्याएर छाडियो
काठमाडौं उपत्यकामा बुधबार रातिदेखि एकसातासम्म लागु भएको निषेधाज्ञापछि सडक र जनजीवन सुनसान छ। कोरोना महामारी फैलिएपछि प्रशासनको आदेशले प्रहरीले उपत्यकाभित्र कडाइ गरेको हो।
जथाभावी खनेको सडकले बगायो गाउँ
प्राविधिकले अध्ययन नगरी डोजर चालकको डिजाइनमा निर्माण गरिएको सडकले गाउँ विस्थापित बनाएको पीडितले बताएका छन्।
निषेधाज्ञाको पहिलो दिन, सरकारले निर्देशन दिएर बितायो
कोरोना संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको सरकारले आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ। सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयारी गर्न, क्वारेन्टाइन बनाउन, निषेधाज्ञा प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो।
संक्रमितको उपचार व्यवस्थापन गर्न निषेधाज्ञा
उपत्यकामै दैनिक २ सय हाराहारी संक्रमित देखिन थालेपछि मंगलबार बसेको कोभिड १९ संकट व्यवस्थापन समितिले स्थानीय प्रशासनमार्फत लागु हुनेगरी उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय लिएको हो।