२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

मोबाइलको डिस्प्लेसहित भारतीय नागरिकलाई पक्राउ

कैलालीमा १६ लाख रुपैयाँ भन्दा बढीको मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआईटी) समूह र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको संयुक्त प्रहरी टोलीले भारतको उत्तर प्रदेश घर भई हाल टीकापुर नगरपालिका–१ मा डेरा गरी बस्ने चाँद अलीलाई १६ लाख ८९ हजार ६०० रुपैयाँ  बराबरको मोबाइलका डिस्प्लेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले आज जानकारी दिए।

भारतीय नागरिक अलीको कोठाबाट अवैधरूपमा भन्सार छली ल्याएका विभिन्न कम्पनीका मोबाइलका डिस्प्ले फोल्डरहरु एक हजार २६७ थान फेला पारी बरामद गरिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए। मोबाइलका डिस्प्ले फोल्डरहरु र निज अलीलाई आवश्यक कारवाहीका लागि आजै मूल भन्सार कार्यालय सत्ती कैलालीमा पठाइएको बताइएको छ।

प्रकाशित: ५ भाद्र २०७७ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App