२ माघ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

सिलवालको 'अमेरिकाको घाम' लोकार्पित

नियात्राकार छविरमण सिलवालको नविनतम नियात्राकृति अमेरिकाको घाम लोकार्पित भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच श्रीओम श्रेष्ठ रोदन,नियात्राकार सिलवाल, सुमन सौरभ,केशव पराजुली,नन्दु उप्रेती,  

मधु पाठक,प्रदीप सापकोटा लगायतले कृतिको लोकार्पण गरे ।

नियात्राकार सिलवाल पाठकलाई आफुसँगै अमेरिका, यूरोप र चीनको यात्रा गराउन सक्षम भएको बरिष्ठ साहित्यकार रोदनले बताए ।  

कृति मीठासपूर्ण भएकोले पाठकको माया पाउँने भुँडीपुराणका प्रवन्ध निर्देशक पराजुलीले बताए ।  

यस अघि दश कृतिहरु प्रकाशित गरिसकेका सिलवालको यो दोस्रो नियात्रा कृति हो । कृतिभित्र विभिन्न शिर्षकका १३ थान नियात्राहरु समावेश भएका छन् ।

राजकुमार बानियाँका अनुसार सरल,सहज र सवेद्य भाषा अनि गाहे ब गाहे काव्यलहरीले यात्रा वृतान्तलाई सुन्दर बनाएको छ ।  

कुमारी लामा भन्छिन जीवनका हर क्षण उत्सवमय बनाउन खप्पिस सिलवाल स्लोभेनियन नजरावें मा एकाध पटक मात्र सामेल भए तापनि अमेरिकाको घाम मार्फत समस्त पाठकहरुलाई रमरमिलो महसुस गराउन भने सफल छन् ।  अमेरिकाको घामलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य २७५ रुपैयाँ छ ।

प्रकाशित: २३ पुस २०८२ १८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App