२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रमेश लेखकको दाबीः शेरबहादुर देउवा नेतृत्व कांग्रेस नै आधिकारिक, कारण यस्तो

नेपाली कांग्रेसका नेता रमेश लेखकले शेरबहादुर देउवा नेतृत्वको पार्टी नै आधिकारिक नेपाली कांग्रेस रहेको दाबी गरेका छन्। बुधबार नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै लेखकले यस्तो बताएका हुन्।

‘शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै मूल नेपाली कांग्रेस हो,’ उनले भने, ‘किनभने विशेष महाधिवेशन भनेर गरिएको कार्यक्रम नै अवैध छ। जुनसुकै कानुनले पनि महाधिवेशन केन्द्रीय कार्यसमितिकै आह्वानमा हुने गर्छ।’  

केन्द्रीय समितिमा ७० प्रतिशत भन्दा बढी देउवा नेतृत्वकै कार्यसमितिको रहेकाले त्यसमा पनि कुनै आशंका नरहेको उनले बताए।

प्रकाशित: ३० पुस २०८२ २०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App