१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

सन्तोषलाई किरात राई यायोक्खाको सम्मान

किरात राई यायोक्खाले कराते खेलाडी सन्तोष राईलाई बिहीबार नगदसहित सम्मान गरेको छ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुका साथै प्रशिक्षकका रूपमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएकोमा सन्तोषलाई किराया मनकुमारी साम्पाङ दुमी राई स्मृति खेलकुद पुरस्कारसहित २० हजार नगदबाट सम्मान गरिएको हो।

सन्तोषले नवौं राष्ट्रिय खेलकुदको टिम कुमुते तथा प्रथम एनएआरएन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए। सन्तोषले नवौं राष्ट्रिय खेलकुदमा विभागीय टोली एपिएफबाट टिम कुमुेतमा स्वर्ण जितेका हुन्। उनले युकेमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जितेका छन्। अमेरिकामा सम्पन्न हिराल्डो अन्तर्राष्ट्रिय कराते तथा युकेमा भएकोमा इकेएफ इआई कराते सिरिजमा उनी रजत पदक विजेता हुन्।

सन्तोषलाई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित एक कार्यक्रमबिच सम्मान गरे। सोही अवसरमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई हाङ यलम्बर स्मृति सम्मानबाट २ लाख २५ हजार नगदसहित सम्मान गरिएको थियो। कार्यक्रम उपराष्ट्रपति रामसहाय यादवको प्रमुख आतिथ्यमा भएको थियो।

प्रकाशित: २ माघ २०८२ ०८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App