१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

ओली जस्तो अभिभावक नहुँदा कांग्रेस विभाजनतर्फ धकेलियो: बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो बलियो अभिभावकत्व नहुँदा नेपाली कांग्रेस विभाजनतर्फ धकेलिएको टिप्पणी गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत कांग्रेसको आन्तरिक कलह र विभाजनबारे धारणा राख्दै सचिव बस्नेतले कांग्रेसमा स्पष्ट नेतृत्व र पार्टीप्रतिको जिम्मेवारी बोधको अभाव खड्किएको बताएका हुन्।

बस्नेतले एमाले अध्यक्ष ओलीको नेतृत्व क्षमताको प्रशंसा गर्दै भनेका छन्, ‘केपी शर्मा ओलीले निरंकुशताको आरोप खेपेर भए पनि पार्टीलाई एकताबद्ध राख्न खेलेको भूमिका अतुलनीय र प्रशंसनीय छ। बलियो एमाले र केपी ओलीजस्तो अभिभावकत्व, स्पष्ट नेतृत्व र पार्टीप्रतिको जिम्मेवारी नभएको अवस्थामा कांग्रेस विभाजनतर्फ धकेलिएको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन।’

उनले लोकतन्त्र कमजोर बनेको र देश अस्थिरतामा रहेको बेला कांग्रेसभित्र देखिएको विभाजन दुःखद र चिन्ताजनक भएको बताए।

बस्नेतले लासहरूको पार्टी होइन भन्दै उफ्रिने केही नेताहरूले ऐतिहासिक पार्टीलाई खरानी बनाउने बाटो रोज्नु दुर्भाग्यपूर्ण भएको समेत उल्लेख गरेका छन्।

प्रकाशित: ३० पुस २०८२ १८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App