बुटवल कोरोना अस्पतालमा उपचाररत प्यूठानका एक कोरोना संक्रमितको शुक्रबार विहान मृत्यु भएको छ। प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ वर्षीय पुरूषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। उनका अनुसार साउन ३० गते कोरोना पुष्टि भएका ६४ वर्षीय पुरूष भदौ १ गते अस्पतालमा भर्ना भएका हुन्।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार प्युठान स्वर्गद्वारी नगरपालिका ७ का ६४ वर्षीय पुरुषको आज शुक्रबार बिहान मृत्यु भएको हो।
भारतकाट रोजगारी गरेर फर्केका मृतक नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए। कोरोना संक्रमण पुष्टि भएपछि खोकि, ज्वरो र श्वासप्रशवासमा समेत समस्या देखिपछि प्यूठानबाट बुटवलस्थित कोरोना अस्पताल ल्याईएको थियो।
'आईसियुमा राखेर उपचार गरिएका उनको शुक्रबार विहान एक्कासी समस्या देखियो, विहान साढे ६ बजे मृत्यु भयो' सूचना अधिकारी गौतमले भने।
मृतक दम र उच्च रक्तचापको बिरामी समेत रहेको अस्पतालले जनाएको छ। यो सहित कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ३ पुगेको छ। बुटवल कोरोना अस्पतालमा अहिले ११ जना आइसोलेसनमा उपचाररत छन्।
प्रकाशित: ५ भाद्र २०७७ ०८:०९ शुक्रबार





