२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘मातृभूमि साहित्य समाज मकवानपुर’ ले गर्‍याे स्रष्टाहरूलाई सम्मान

मातृभूमि साहित्य समाज मकवानपुरले साहित्य, संगीत र सामाजिक क्षेत्रका केही व्यक्तित्वलाई सम्मान गरेको छ।

समाजका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षता र प्राडा लक्ष्मणप्रसाद गौतमको प्रमुख आतिथ्यमा कार्यक्रममा भएकाे हाे।

कार्यक्रममा  सिटिइभिटी निर्देशक डा. शान्ति लामा, साहित्यप्रेमी मुक्ति गोविन्द वैद्य, वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान लगायतकाे उपस्थिति रहेकाे थियाे।कार्यक्रममा चर्चित गायिका कुन्ती मोक्तानलाई नित्य गोविन्द स्मृति–मातृभूमि संगीत पुरस्कार २०८१ प्रदान गरिएको छ। उनलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।

त्यस्तै नियात्राकार भवानी खतिवडालाई मायादेवी मातृभूमि पुरस्कार २०८१ अन्तर्गत २१ हजार रुपैयाँ प्रदान गरिएको छ।

साहित्यकार प्राडा लक्ष्मणप्रसाद गौतमलाई मातृभूमि साहित्य पुरस्कार २०८१ वरिष्ठ २५ हजार रुपैयाँसहित प्रदान गरिएको थियो।

रोशन परियारलाई श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार प्रदान गरिएकाे छ। १५ हजार रुपैयाँसहित प्रदान गरिएकाे छ।

जीवन केसीलाई शारदा उप्रेती स्मृति मातृभूमि सम्मान कलासाधक १० हजार रुपैयाँसहित प्रदान गरिएको छ।

सामाजिक अभियन्ता विश्वकान्ति कलावती सुमार्गी पराजुलीलाई मकवानपुर श्री सम्मान प्रदान गरिएको छ।

त्यस्तै कार्यक्रममा बागमती प्रदेशकी मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत, डा. श्याम सुवेदी र लायन्स क्लब एस–३२५ की सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर अंकिता सुमार्गीलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा मकवानपुरसहित विभिन्न जिल्लाका साहित्यकारहरूले रचना वाचेका थिए। गायिका कुन्ती मोक्तानले कालजयी आफ्ना गीत प्रस्तुत गरेकी थिइन्।

महिला साहित्यकारहरूको साहित्यिक यात्राबारे परिसंवाद पनि गरिएको थियो। परिसंवादमा भवानी खतिवडा, मुना अर्याल, आँचल साहित्य कलापुञ्जकी अध्यक्ष भावना सापकोटा र झरना साहित्यिक परिवारकी अध्यक्ष गायत्री रुपाखेती सहभागी थिए।

महिलाहरूलाई  घरायसी जिम्मेवारीले साहित्य सिर्जनामा कठिनाइ भए पनि पछिल्लो समय साहित्य सिर्जनामा सफलता हासिल गरेको खुसी परिसंवादमा प्रस्तुत गरिएकाे थियो।

प्रकाशित: २० पुस २०८२ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App