कांग्रेसले खोस्यो एमालेको दुई वटा मेयर

मध्यपुर थिमिको मेयरमा एमालेका निवर्तमान एवं यस पटकका मेयरका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई हराई कांग्रेसका मेयर सुरेन्द्र श्रेष्ठले जित हात लिएका छन्। उता चाँंगुनारायणमा एमालेका निवर्तमान उपमेयर एवं वर्तमान मेयरका उम्मेदवार विणा वास्तोलालाई कांग्रेसका मेयर उम्मदबार जीवन खत्रीले पराजित गरिदिएका छन्।