२७ मंसिर २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

अघिल्लो चुनावमा बाबुकाे जित, अहिले छोरीकाे

२०७४ को स्थानीय निर्वाचनमा गोरखा नगरपालिका ११ मा बाबु छोरी फरक फरक पार्टीबाट सदस्य पदमा चुनाव लडे। बाबु माओवादी केन्द्रबाट वडा सदस्य र छोरी नेपाली कांग्रेसबाट वडा सदस्यमा प्रतिस्पर्धी थिए, त्यतीबेला बाबुले जिते छोरीले हारिन्।  

यो पटकको स्थानीय निर्वाचनमा पनि एउटै वडामा बाबु छोरी सदस्यका उम्मेदवार बने।  कृष्णप्रसाद रेग्मी खुल्ला तर्फबाट माओवादी केन्द्रको वडा सदस्य उम्मेदवार भए भने उनकी छोरी अप्सरा नेपाली रेग्मी कांग्रेसबाट दलित महिला सदस्यको उम्मेदवार बनिन्।  

एउटै पद तर फरक कोटामा बाबु छोरीको प्रतिस्पर्धा थियो। अन्ततः आफ्नो प्रतिस्पर्धीलाई हराउँदै ४१३ मत ल्याएर अप्सरा सदस्यमा बिजयी बनिन्। उनका बाबु कृष्णप्रसाद रेग्मी यो पटक बिजयी बन्न सकेनन्। छोरी उम्मेदवार बनेको पार्टी नेपाली कांग्रेसबाट सदस्य पदका उम्मेदवारले १५ मतले उनलाई पराजित गरे। छोरी नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि हुन् भने बाबु माओवादी केन्द्रको गोरखा नगरपालिका ११ को वडा अध्यक्ष हुन्।  

सो वडामा वडा अध्यक्ष र एक जना महिला सदस्य माओवादी केन्द्रले जितेको छ भने तीन सदस्य कांग्रेसबाट बिजयी भएका छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ ०८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App