सुनसरी भोक्राहा–नरसिंह गाउँपालिकामा नेपाली काँग्रेसका अजमल अख्तर अन्सारी विजयी भएका छन्। उनले चार हजार ६ सय ६ मत ल्याएर विजयी भएका हुन्।
भोक्राहा–नरसिंह नेपाली काँग्रेसको पकड क्षेत्र भएपनि हरेक निर्वाचनताका एकापसमा नेता–कार्यकर्ताबीच समस्या हुँदै आएपनि यसपटक संगठीत भएपछि जित निकाल्न सफल भएको हो।
यहाँ अन्सारीका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्रकुमार यादवले तीन हजार २७१ मत ल्याए। २०७४ सालको निर्वाचनमा अन्सारीलाई यादवले नै हराएका थिए। यसपटक अन्सारीले यादवलाई हराउन सफल भए। उपाध्यक्षमा नेपाली काँग्रेसकै सुनिताकुमारी उराव तीन हजार ९ सय ७४ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटम प्रतिद्दन्दी पुनम मेहताले दुई हजार ६ सय १८ मत ल्याएन्।
२०७४ सालको निर्वाचनमा तत्कालिन फोरम नेपालकातर्फबाट प्रमुखमा महेन्द्र यादव र उपप्रमुखमा पुनम मेहता विजयी भएका थिए। यादव भने यसपटकको निर्वाचनको पूर्व सन्ध्यामा नेकपा एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए।
प्रकाशित: ४ जेष्ठ २०७९ ०८:३९ बुधबार





-600x400.jpg)