सिन्धुलीको फिक्कल गाँउपालिकामा एमालेले जितेको छ। गठबन्धनका दलहरुलाई झिनो मतान्तरणले हराउदै नेकपा एमालेबाट गाँउपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका छन्।
अध्यक्षमा नेकपा एमालेकी पार्वती सुनुवारले ४ हजार ६२ मत ल्याएर निर्वाचित भएकी छिन्। भने उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका नृतबहादुर भुजेलले ४ हजार १७ मत पाएका थिए। मत गणनाको सुरुवाती चरणमा काँग्रेसका भुजेल अगाडी रहेपनि अन्तिम चरणको मतगणनामा पार्वतीले जित हासिल गर्न सफल भएकी हुन्।
पार्वती यसअघिको स्थानिय तहको निर्वाचनमा गाँउपालिका उपाध्यक्ष थिइन्। यस्तै उपाध्यक्षमा एमालेका राजु बरालले ४ हजार २ सय ५६ मत ल्याएर विजयी बनेका छन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादीका लोकेन्द्रबहादुर कार्कीले तीनहजार ४ सय २६ मत पाएका थिए। गठबन्धनलाई हराउदै नेकपा एमालेले आफ्नो विरासत कायम राखेको छ। यसअघि पनि फिक्कल गाँउपालिकामा नेकपा एमालेकै अध्यक्ष उपाध्यक्ष थिए।
प्रकाशित: ४ जेष्ठ २०७९ ०७:४८ बुधबार





