८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

कांग्रेस वरिष्ठ नेता पौडेलको गाउँमा पुनः मतदान हुँदै

तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज पुनः मतदान भईरहेको छ। साविकको रिस्ती गाविसको भवन फेदीको मतदानस्थलको क र ख मतदान केन्द्रमा मतदान चलिरहेको छ। बैशाख ३० गते भएको निर्वाचनको दिन स्वतन्त्र मेयरका उम्मेदवर दीपकराज जोशी माथि कुटपिट भएपछि निर्वाचन आयोगले यहाँ फेरी मतदान गर्ने निर्णय गरेको थियो।

आज विहान ७ बजेदेखी कडा सुरक्षा घेरामा मतदान भईरहेको छ। हालसम्म ९ सय ९ मत खसेको छ। साँझ ५ बजेसम्म मतदान जारी रहनेछ। (क) मतदान केन्द्रमा ७५६ र (ख) मतदान केन्द्रमा ८२० गरेर कुल १५७६ मतदाता रहेका छन्। गत शुक्रबार भएको मतदानमा ९२२ मत खसेको  थियो। योपटक त्यो भन्दा बढी मत खस्ने अनुमान गरिएको छ।

रिस्ती नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पुख्र्यौली गाउँ हो। नेता पौडेलको मतदाता परिचयपत्र भने व्यास नगरपालिका–२ मा रहेको  छ। पौडेलले शुक्रबार व्यास–२ को सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका थिए।

निरिक्षणमा गएका बेला कांग्रेसका कार्यकर्ताको आक्रमणबाट टाउकोमा चोट लागेका मेयरका उम्मेदवार जोशीको जिल्ला अस्पताल दमौलीमा सामान्य उपचारपश्चात थप उपचारका लागि पोखरा लगिएको थियो। शनिबार पोखराबाट काठमाडौं लगिएका उनको फ्रन्टलाइन हस्पिटलमा उपचार भईरहेको छ।  यस्तै, व्यास नगरपालिकाको मतगणना आजबाट सुरु हुनेछ। पुनः मतदानको निर्णय भएपछि मतगणना सुरु भएको थिएन्।

प्रकाशित: ४ जेष्ठ २०७९ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App