२७ मंसिर २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

इलाम रोङमा कांग्रेस अध्यक्ष, एमाले उपाध्यक्षमा विजयी

अध्यक्ष मनीकुमार स्याङ्बो र उपाध्यक्ष विष्णुमाया भुजेल।

इलामको रोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मनीकुमार स्याङ्बो सुवास विजयी भएका छन्। उनले नेकपा (एमाले)का मेहेरमाना तामाङलाई पराजित गरे।

स्याङ्बो ४ हजार ६ सय ७९ मत ल्याएर विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी तामाङले ४ हजार ३ सय २२ मत ल्याएका छन्। 

गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले)की विष्णुमाया खवास विजयी भइन्। खवासले ४ हजार ६ सय ५६ मत ल्याएकी छिन्। निकटतम् प्रतिद्वन्द्वी कल्पनादेवी खनालले ४ हजार १ सय ९७ मत ल्याइन्।

गाउँपालिकाको वडा १, ३ र ५ मा कांग्रेस, २ मा स्वतन्त्र, ४ र ६ मा एमालेका वडाध्यक्ष विजयी भएका छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ १०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App