रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठबिसकोट नगरपालिकाको मेयरमा रवि केसी र उपमेयरमा धनकुमारी शाही विजयी भएका हुन्।
माओवादीका रबि केसी ७ हजार ३ सय ९९ मत प्राप्त गरेर विजयी भएका हुन्। निर्वाचित केसीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्रकुमार बटालाले ६ हजार ६ सय १५ मत पाएका छन्।
यसैगरी उप प्रमुख धनकुमारी शाहीले ७ हजार २ सय ६५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिनेश चन्दले ६ हजार २ सय ६८ मत प्राप्त गरे। १४ वडा रहेको आठ्बिसकोटका ४ वडा कांग्रेस–एमाले गठबन्धनले जित हाँसिल गरेको छ भने बाँकि सबै वडाहरुमा माओवादी केन्द्रले जित हाँसिल गरेको छ।
प्रकाशित: ४ जेष्ठ २०७९ ०९:२४ बुधबार





-600x400.jpg)