इलामको देउमाई नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै मेयर र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। यसअघिकै मेयर र उपमेयरलाई वैशाख ३० को निर्वाचनमा मतदाताले पुनः अनुमोदन गरेका हुन्।
मेयरमा सूर्य पोख्रेलले ८ हजार ६ सय ९५ मत ल्याए। उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका होम दुलाल ७ हजार ६ सय २२ मत ल्याएर पोख्रेलसँगै दोस्रो पटक पराजित भए। २०७४ सालको निर्वाचनमा पनि पोख्रेल र दुलालले त्यही पदमा प्रतिस्पर्धा गर्दा पोख्रेल नै विजयी बनेका थिए।
उपमेयरमा एमालेकै पविमाया राई विजयी भइन्। उनले ८ हजार ५ सय ६३ मत ल्याउँदा प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का राम राईले ५ हजार ७ सय ६५ मत ल्याएका छन्। राम चाहिँ यसअघि त्यही नगरको मेयर पदमा उम्मेदवारी दिएर पराजित भएका थिए।
देउमाई नगरका अधिकतर वडामा एमालेले प्यानल र वडाध्यक्ष जितेको छ। देउमाईका ९ वटा वडामध्ये ५ वटामा एमाले र ४ मा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन्। वडा १, २, ४, ५ र ८ मा एमाले र वडा ३, ६, ७ र ९ मा कांग्रेसले वडाध्यक्ष जितेका छन्।
प्रकाशित: ४ जेष्ठ २०७९ १२:१४ बुधबार





-600x400.jpg)