प्रहरी हिरासतमा रही उपचारको क्रममा मृत्यु भएका रौतहटको गरुडा ८ जिंगडियाका विजय रामको घरमा तीन दिनदेखि चुलो बलेको छैन । मृतक रामका दुई श्रीमतीका साथै बुबा र आमा भोकभोकै छन् । हिन्दु परम्पराअनुसार कसैको मृत्यु भएपछि लासको सदगति नगरेसम्म कसैले केही खानु हुँदैन भन्ने चलन रहेकोले घरका सबै सदस्य भोकभोकै रहेका छन् ।
अरिङ्गालकाे टाेकाइबाट बालककाे मृत्यु
समयमै उपचार नहुँदा शुक्रबार राति ९ बजे बाटोमै उनको मृत्यु भएको हो । बालक घरनजिकै माथिल्लो भावरको रातीमाटे डाँडामा आफ्ना साथीसँग गाई–गोरु चराउन गएका थिए ।
धनकुटामा १९ जना कोरोना संक्रमित थपिए
धनकुटा वजारमा शनिबार एकै दिन १९ जना कोरोना संक्रमित थपिएका छन्। विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। धनकुटामा एकैदिन संक्रमण पुष्टि भएको यो नै अहिलेसम्मको ठूलो संख्या हो।
कास्कीमा कोरोनाबाट थप एक पुरुषको मृत्यु
कास्कीमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोरोना संक्रमित ५८ वर्षीय एक पुरुषको मृत्यु भएको हो । मृतक पोखरा महानगरपालिका वडा नम्बर १४ काजिपोखरीका बासिन्दा हुन् ।
जुम्लामा रहेका डा.केसी भन्छन् : मलाई जनताको सेवा गर्न पनि रोकियो
जुम्लाको गुठिचौर गाउँपालिकामा विशेषज्ञ स्वास्थ्य सेवा दिन गएका डा. गोविन्द केसी सेवा नदिइ सदरमुकाम खलंगा फर्किएका छन्। एक साता सत्याग्रह स्थगित गरेका डा. केसी बीचको खाली समयमा स्वास्थ्य सेवा दिनको लागि गुठिचौर गाउँपालिकामा पुगेका थिए। तर उनलाई स्वास्थ्यचौकीमा सेवा नदिनु भन्ने आदेश आएको भन्दै फर्काइयो।
आज वर्षाको सम्भावना छ कि छैन ?
राति पनि मौसम देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
चितवन मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु
चितवनमा थप एक जनाको कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको हो । कोभिड–१९ आइसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
सिरहामा दुई दिनमा तीनको मृत्यु
कोरोना संक्रमणबाट शुक्रबार राति लहान नगरपालिका–१८ भदैया गाउँका ८५ वर्षीय जेष्ठ नागरिकको मृत्यु भएको छ। किडनी र श्वासप्रश्वासका विरामी उनको बीपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिए।
वीपी प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको निधन
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा थप एक कोरोना संक्रमितको निधन भएको छ । प्रदेश २ सिरहा जिल्लाको भदैया ६ का ८४ बर्षीय वृद्धको निधन भएको प्रतिष्ठानले जनाएको छ ।
विराटनगरमा एक कैदी बन्दीको मृत्यु
मोरङ जिल्ला कारागारमा रहेको एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। २०७६ फागुन २२ गतेदेखि चोरी मुद्दामा कारागारमा कैदी बन्दी रहेका २६ वर्षीय फुर्वासिंह तामाङलाई राति एक्कासी पेट दुख्ने र श्वासप्रश्वासमा समस्या भएको थियो।
आगलागीबाट तीन लाख बराबरको धनमाल नष्ट
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले अम्बोटेका जमसरी राईको घरमा आगलागी भएको छ ।
घरमै मोहरम मनाउने निर्णय
कोराना भाइरसका कारण जारी लकडाउनले मुस्लिम समुदायको प्रमुख चाड मोहरम घरमै तहजियाको पूजापाठ गरी मनाउने निर्णय गरिएको छ ।
मास्क लाउन आग्रह गर्दा प्रहरीमाथि हातपात
बिहीबार साँझ प्रहरीले कृष्णगनरको लक्ष्मीनगरमा लकडाउनको बेला युवालाई मास्क लगाउन आग्रह गर्दा दुई प्रहरीमाथि हातपात भएको हो ।
संक्रमिमबाट जुम्ल्याहा बच्चा
गोरखा नगरपालिका–१० छेवेटारकी कोरोना संक्रमित ३७ वर्षीया महिलाले जुम्ल्याहा छोरा जन्माएकी छिन् ।
विजयरामको मृत्युबारे अनुसन्धान सुरु
राष्ट्रिय मानवअधिकार आयोगले दलितहरूमाथि हुने गरेका हिंसाका दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गर्दै विजयराम चमारको मृत्युबारे अनुसन्धान सुरु गरेको छ ।
नाममात्रको सीमा बन्द
सीमापारि भारतीय क्षेत्रका बजार खुलिसकेका छन् । दैनिक उपभोगका सामान किन्न पारिको बजार जानेको संख्या बढ्न थालेको छ ।
साढे तीन घण्टामा एकको मृत्यु
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार भदौमा देखिएको तथ्यांकले आगामी दिन थप भयावह हुने संकेत गरेको छ । कोरोना संक्रमितको घट्दो निको हुने दर र बढ्दो मृत्युदर मुख्य चुनौती देखिएको छ ।
‘महामारीभन्दा भोकमरीले मार्ने भो’
संघीय राजधानी काठमाडौं उपत्यकासहित मुलुकभरका व्यवसायीदेखि सर्वसाधारण सबै कोरोनाको मारमा छन् । कोरोनाले सामान्य दैनिकीदेखि आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिकलगायत पक्ष प्रभावित बनेको छ ।
चितवनमा भदौ १९ गतेसम्म निषेधाज्ञा जारी रहने
चितवनमा निषेधाज्ञाको समय एक हप्ता थप गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्दै गएपछि भदौ १९ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । यसअघि दोस्रो पटक जारी गरेको निषेधाज्ञाको समय शुक्रबार राती १२ बजे सकिदैछ ।
कोरोना नियन्त्रण र व्यवस्थापन गर्न उपमहानगरपालिकाको ४ करोड बढी खर्च
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले चार करोडभन्दा बढी रकम खर्च गरेको छ । उपमहानगरपालिका कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा यस्तो जानकारी दिइएको हो । पत्रकार भेटघाटमा नगर उपप्रमुख उमा थापामगरले कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि ४ करोड ७ लाख ४७ हजार ७ सय ७० रुपैयाँ खर्च भएको जानकारी दिइन् ।
क्वारेन्टिनमा बसेकामा नै कोरोना संक्रमण
रसुवामा क्वारेन्टिनमा बसेकामा नै कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको उत्तरगयाका गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो । समूहमा राखिएकामध्ये एक जनामा कोरोना पुष्टि भएपछि उनलाई पुनः त्यही राखियो ।
तीन दिनदेखि चुलो बलेको छैन मृतकको घरमा
प्रहरी हिरासतमा रही उपचारको क्रममा मृत्यु भएका रौतहटको गरुडा ८ जिंगडियाका विजय रामको घरमा तीन दिनदेखि चुलो बलेको छैन । मृतक रामका दुई श्रीमतीका साथै बुबा र आमा भोकभोकै छन् । हिन्दु परम्पराअनुसार कसैको मृत्यु भएपछि लासको सदगति नगरेसम्म कसैले केही खानु हुँदैन भन्ने चलन रहेकोले घरका सबै सदस्य भोकभोकै रहेका छन् ।
प्रदेश २ मा एकैदिन ५ को मत्यु
प्रदेश २ मा शुक्रबार एकैदिन काेराेनाबाट ५ जनाकाे मृत्यु भएकाे छ । साथै ७९ जना संक्रमित थपिएका छन् । सबैभन्दा बढी महोत्तरीका तीन जना, बाराका एक जना र लहानका एक जनाको गरी पाँच जनाको मृत्यु भएको छ ।
मुर्हरम पर्व घर मै मनाउने निर्णय
कोराना भाईरसका कारण जारी लकडाउनले मुस्लिम समुदायको प्रमुख चाड मुहर्रम घर मै तहजियाको पुजापाठ गरी मनाउने निर्णय गरिएको छ । आउने आईतबार परेको मुहरर्म पर्व कपिलवस्तुमा मुस्लिम र मधेसी समुदायले धुमधामसंग मनाउने चलन छ ।
‘फ्रन्टलाइन’ मा खटिनेप्रति मानवीयता नविर्सन आग्रह
कोरोना महामारीबिरुद्द ‘फ्रन्टलाइन’ मा खटिनेलाई समाजका नागरिकप्रति मानवीयता नविर्सन सुनसरीमा क्रियासिल सामाजिक संस्थाले आग्रह गरेका छन् ।