कोराना भाईरसका कारण जारी लकडाउनले मुस्लिम समुदायको प्रमुख चाड मुहर्रम घर मै तहजियाको पुजापाठ गरी मनाउने निर्णय गरिएको छ । आउने आईतबार परेको मुहरर्म पर्व कपिलवस्तुमा मुस्लिम र मधेसी समुदायले धुमधामसंग मनाउने चलन छ । तर यस वर्ष कोरोनाका कारण बजागाजा नबजाउने, भीडभाड नगर्ने मेला नलगाउने र पसलहरू समेत नखोल्ने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा प्रजिअ दीर्घनारायण पौडेलको अध्यक्षतामा मुस्लिम अगुवा सहीत सरोकारवालाको बैकठले सो निर्णय गरेको हो । सो पर्वमा करबलामा विर्सजन गरिने तहजिाया ट्याक्टरले घर घरमै गई संकलन गर्नेछ ।
करबलामा बिर्सजन गर्दा बढीमा दुई जना मात्र मौलाना सहभागी हुने निर्णय भएको मुस्लिम अगुवा रउफ अहमद खाले बताए । निर्णयको बिषयमा माईकिङ र ट्याक्टरको ब्यवस्थापन जमा मस्जिद आले सुन्नत समितिले गर्ने जनाइएको छ ।
मुस्लिमको बढी जनसंख्या रहेको कपिलस्तुका २ सय बढी करवलामा मेला लाग्ने र तहजिया सेलाउने गरिएकोमा यस वर्ष भने लकडाउनले सो पर्व खल्लो बनेको मुस्लिम अगुवाहरू बताउँछन् । मुस्लिम अगुवा खानले निर्णयको पालना गर्न अपिल गरेका छन्।
प्रकाशित: १२ भाद्र २०७७ १३:५२ शुक्रबार





