७ वैशाख २०८१ शुक्रबार
समाज

‘फ्रन्टलाइन’ मा खटिनेप्रति मानवीयता नविर्सन आग्रह

कोरोना महामारीबिरुद्द ‘फ्रन्टलाइन’ मा खटिनेलाई समाजका नागरिकप्रति मानवीयता नविर्सन सुनसरीमा क्रियासिल सामाजिक संस्थाले आग्रह गरेका छन् ।

ज्यान जोखिममा राखेर ‘फ्रन्टलाइन’ मा  खटिरहेका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी, सञ्चारकर्मी एवम् मानवीय सेवामा जुटिरहेका विभिन्न क्षेत्रका ब्यक्तिलाई  ऊर्जा दिने काम गर्न ७८ वटा संस्थाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ  । कोरोना कसैको एकल प्रयासले मात्र नियन्त्रण नहुने हुनाले समाजका हरेक नागरिकलाई हातेमालो गरेर अघि बढ्न पनि आग्रह गरिएको छ।  

‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र आम नागरिकहरुलाई कार्यक्षेत्रमा जिम्मेवारी निर्वाह गर्ने क्रममा कोरोना संक्रमण भएपछि छिमेकी र आमसमुदाय तथा स्थानियहरुबाट हुने गरेका मनोबैज्ञानिक हेला दुव्र्यवहार र आक्षेपका घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।  विज्ञप्तिमा महामारीको संकटबाट ग्रस्त आम सर्वसाधारणप्रति देखाउनु पर्ने सहिष्णुता र मानवीय संबेदनसिलताको सामान्य हेक्का नपु¥याई आफ्ना अधिकारहरुको उपभोग गर्ने र सुरक्षित हुन पाउनु पर्छ भन्ने बहानामा गरिने असंवेदनसिल व्यवहारले एक अर्का बिच घृणा, द्वेष, र बदलाको भावना बढाउन सक्नेप्रति सचेत आग्रह गरिएको छ ।

प्रकाशित: १२ भाद्र २०७७ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App