राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठकको तयारीस्वरूप सचिवालय बैठक बसेको हो।
जारी बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रियासँग सम्बन्धित विविध विषयमा छलफल भइरहेको छ।
पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपश्चात बसेको यो पहिलो सचिवालय बैठक हो।
यसैबीच, रास्वपाले आजै केन्द्रीय समितिको बैठक पनि आह्वान गरेको छ। पार्टी सभापतिको आह्वान तथा महामन्त्रीको समन्वयमा बस्न लागेको बैठकमा उपस्थितिका लागि केन्द्रीय सदस्यहरूलाई निर्देशन दिइएको छ।
आज बस्ने केन्द्रीय समिति बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण सम्बन्धमा छलफल हुने कार्यसूची रहेकाे छ।
प्रकाशित: २० पुस २०८२ १४:५५ आइतबार





