२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘लालीबजार’ को पहिलो गीत सार्वजनिक गर्दै स्वस्तिमाले के भनिन्?

स्वस्तिमा खड्काको र्शीष भूमिका रहेको फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छ। 

काठमाडौंमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको उक्त गीतमा स्वस्तिमा, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ तथा डेब्यु कलाकार विशाल देवकोटा फिचर्ड छन्।  

प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा र समाइराको नृत्य मुख्य आकर्षण बनेको छ । गीतमा खेम सेन्चुरी र दीपिका बयाम्बु मगरको स्वर रहेको छ। साथै, सङ्गीत खेम सेन्चुरीकै रहेको छ भने शब्द रमेश बिजीले लेखेका हुन्।

बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा , रवीन्द्रसिंह बानियाँ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठलगायतको अभिनय रहेको छ।

उक्त फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन्। यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद थापा र प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन्।  

अभिनेत्री खड्काको नियमित भन्दा फरक भूमिकाले ‘लालीबजार’ प्रति दर्शकको उत्सुकता बढिरहेको छ । फिल्मको नाम पहिला अर्को राखिएको र पछि नाम परिवर्तन गरेर लालीबजार राखेको निर्देशक यम थापाले बताए। साथै फिल्मको शीर्ष पात्रको नाम मधुबाला रहेको खुलाएका छन्।

अभिनेत्री स्वास्तिमाले यो फिल्मको विषयवस्तु सम्वेदनशील रहेको र उक्त विषयको पात्रमा काम गर्नुअघि कुनै पनि अध्ययन तथा अनुशन्धान नगरी आफूले स्विकारेको बताइन्।

साथै जेन जी आन्दोलनबाट चर्चा कमाएकी डेब्यु कलाकार प्रसंशाले आफू स्वास्तिमाको ‘फ्यान’ रहेको बताइन्। उनी आन्दोलनपछि फिल्ममा जोडीएको प्रश्नलाई खण्डन गदै आफु आन्दोलन अगाडी नै फिल्ममा जोडीएको बताएकी छन्।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।  

आर्टसले निर्माण गरेको फिल्मको प्रदर्शन मिति आगामी वर्ष २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ।

प्रकाशित: २९ फाल्गुन २०८२ १८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App