२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बालेनको नेतृत्व मधेसको सपना : संघीय लोकतान्त्रिक मोर्चा

संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको रूपमा स्थापित गर्ने प्रक्रियामा सघाउने निर्णय गरेको छ ।  

जसपा नेपालका संरक्षक महन्थ ठकुरको अध्यक्षतामा आज बसेको संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समितिको बैठकले बालेनलाई अग्रिम बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएको छ। 

फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मधेसको सपूत बालेन्द्रलाई भारी मत दिएर नागरिकले जिताएको भन्दै मोर्चाले उनलाई प्रधानमन्त्रीको रुपमा हेर्न पाउनु लामो समयदेखि संघर्षरत मधेशी, थारु, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको लागि हर्षको विषय भएको बताएको छ। 

मोर्चाले लामो समयदेखि गरेको संघर्ष र बलिदानबाट स्थापित गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशीता लगायत प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संविधान संशोधन, सीमा व्यवस्थापन, जनसंख्याको आधारमा प्रतिनिधित्व, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संघीयतालाई अझ बलियो बनाउने लगायतका मुद्धाको सम्बोधन हुने विश्वाससमेत गरेको जनाएको छ। 

प्रकाशित: २९ फाल्गुन २०८२ १८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App