राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति समवेदना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले संस्कृत श्लोक उद्धृत गर्दै पिताको महत्वबारे उल्लेख गरेका छन्। उनले लेखेका छन्, पिताजस्तो रक्षक, गुरु र देवता संसारमा अरू कोही नहुने भन्दै पिताको स्थान अत्यन्तै उच्च हुनेछ।
बालेन शाहले केही समयअघि आफूले पनि आफ्ना पिता गुमाएको स्मरण गर्दै पिताको अनुपस्थितिले जीवनमा ठूलो रित्तोपन र अपूरणीय अभाव ल्याउने अनुभव साझा गरेका छन्।
उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै उनले “पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्” भन्ने कामनासहित श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रकाशित: २९ फाल्गुन २०८२ १९:३७ शुक्रबार





