पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको मृत्युपछि आँखाको नानी दान गरिएको छ।
उनको इच्छा अनुसार नै निधनपछि आँखाको नानी दान गरिएको परिवारले बताएको छ। उनको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो।
उनको पार्थिव शरीर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। मोहनप्रसाद ओली केही दिनयता अस्वस्थ थिए ।
प्रकाशित: २९ फाल्गुन २०८२ १८:०९ शुक्रबार





