८ वैशाख २०८१ शनिबार
समाज

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवनमा थप एक जनाको कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको हो । कोभिड–१९ आइसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।  

मृर्गौला रोगबाट पीडित महिलालाई डायलाइसिस गर्नका लागि साउन २७ गते चितवन मेडिकल कलेजमा ल्याईएको थियो । उनको तीन पटकसम्म डायलाइसिस गरिएको थियो । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।यसअघि शुक्रबार एकै दिन चितवनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको थियो ।  

प्रकाशित: १३ भाद्र २०७७ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App