कोरोना भाइरस संक्रमण बढी नफैलियोस भनेर सरकारले २५ जना भन्दा बढी व्यक्ति एकैठाउँमा एकैपटक भेला नहुन भनिएको छ। सूचनालाई आधार मान्दै जिल्लास्थित प्रशासन कार्यालयले मानिसलाई भेला हुन, भीडभाड, सभा, जात्रा, महोत्सव, तथा सबै धर्म, संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रम तथा क्रियाकलाप आयोजना नगर्न पनि बारम्बार अनुरोध गर्दै आएको छ।
सेनामा भगौडा र उपदानमा जानेको सङ्ख्या ठूलो
नेपाली सेनामा पछिल्लो समय पेन्सन नै नभई सेवा छाड्नेको सङ्ख्या निकै ठूलो रहेको पाइएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै एक हजार ६३२ जनाले पेन्सन नभई बीचमै सेवा छाडेका थिए।
कोरोना रोक्न नाकामै छेकबार
पूर्वीपहाडको सबैभन्दा सहज भारतीय नाका पशुपतिनगर रहेको सूर्याेदय नगरपालिकाले कोभिड–१९ नियन्त्रण गर्न जटिल अवस्था सामना गर्नु परिरहेको छ।
‘यी प्रदेशमा बाढीपहिरोको खतरा छ, भाेलि बिहानसम्म सतर्क बनौं’
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना छ।
कोरोना कहरमा राहतः पहिले होडवाजी, अहिले चुपचाप
कोरोना भाइरसको महामारीका कारण लागू गरिएको ‘लकडाउन’ सुरु भएको हप्ता दिन नबित्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण सुरु गर्यो।
घुम्थाङ पहिरोः मृतकको संख्या नौ पुग्यो, २२ अझै बेपत्ता (अपडेट)
सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा मृत्यु हुनेको संख्या नौ पुगेको छ। पहिरोमा अझै २२ बेपत्ता छन्। जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले मृतक सबैको सनाखत भएको छ।
घुम्थाङ पहिरो: सभामुख सापकोटा घटनास्थलमा
घुम्थाङ पहिरोले पु-याएको जनधन क्षतिको अवस्था अबलोकन गर्न प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा घटनास्थल आइपुगेका छन्। घटनास्थल सभामुख सापकोटाको निर्वाचन क्षेत्र हो।
घुम्थाङ पहिरोः पाँच जनाकाे शव फेला, २६ अझै बेपत्ता (अपडेट)
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङ पहिरोमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। पहिरोमा अझै २६ बेपत्ता छन्। पहिरोमा बेपत्ता स्थानीय भिरखर्कका तीन र बिक टोलका दुईको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकमध्ये दुईको मात्र सनाखत भएको छ। २४ वर्षीय सुकुला बिक र आठ वर्षीय सन्देश बिकको सनाखत भएको हो। उनीहरु बिक टोलका हुन्। भिरखर्कका तीनको पहिचान खुल्न सकेको छैन।
बाह्रबिसेमा भीषण पहिरोः तीन जनाको शव फेला, २४ जना बेपत्ता (अपडेट)
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ भुम्थाङका विभिन्न तीन स्थानमा आइतवार बिहान पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पहिरोमा कम्तीमा २४ जना बेपत्ता भएका छन्।
सालिकमा बहादुर शाह
‘उहाँ यहाँबास बसेको हैन, हाम्रो मन–मनमा बस्नुभएको छ,’ संरक्षण समितिका अध्यक्ष नानीकाजी गिरीले भने, ‘नेपाल एकीकरणमा उहाँले पु-याउनुभएको अतुलनीय योगदानको कदर गर्दै दक्षिण ढोकामा सालिक निर्माण गरेकाहौँ।’
सीमा सुरक्षामा सशस्त्र प्रहरी, त्रिपाल र स्याउले छाप्राको आश्रय
कोरोना संक्रमण रोक्न सीमा क्षेत्रमा खटाइएका सशस्त्र प्रहरी सामान्य भौतिक संरचना पनि नहुँदा छाप्रा र त्रिपालका भरमा ड्युटी गर्न बाध्य छन्। जसले गर्दा उनीहरूमात्र नभएर हतियारको सुरक्षामा समेत चुनौती देखापरेको छ।
सिन्धुपाल्चोकमा भीषण पहिरोः ९ घर पुरिए, दर्जनौं बेपत्ता
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका अन्तरगत भिरखर्कमा ठूलो पहिरो गएको छ। बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाकाअनुसार वडा नम्बर ७ मा पर्ने गाउँका पहिरोमा परी ९ वटा पूर्ण रुपमा क्षति भएका छन् भने २०/२५ जना बेपत्ता भएको अनुमान छ।
गंगामाया वीर अस्पतालमा अलपत्र
सरकारले कोभिड अस्पताल बनाउन वीर अस्पताल खाली गरेसँगै त्यहाँ उपचाररत गंगामाया अधिकारी अलपत्र परेकी छन्। कोरोना संक्रमितबाहेकका बिरामीलाई अन्तै राख्ने व्यवस्था गरे पनि अस्पताल प्रशासनले गंगामायालाई भने बेवास्ता गरेको छ। उनी लामो समयदेखि वीर अस्पतालमै रहेर उपचार गराउँदै आइरहेकी छिन्।
कलङ्कीबाट दुर्लभ कछुवासहित पाँच जना पक्राउ
प्रहरीले काठमाडौँमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँच जनालाई आज पक्राउ गरेको छ।
बालिका बलात्कारको आरोपमा बालक पक्राउ
एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित १५ वर्षीय बालकलाई पक्राउ गरेको छ।
तुलसीपुरका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण
दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
संक्रमितलाई हौसला दिन घर घर पुगे जिल्ला सुरक्षा प्रमुख
स्वास्थ लाभको कामना र फलफूल बाँडन जिल्ला सुरक्षा प्रमुख कोरोना संक्रमितको घर घरमा पुगेका छन्।
प्रदेश २ः थपिए १३२ संक्रमित, ४२ जना डिस्चार्ज
शनिबार प्रदेश २ मा १ सय ३२ जना संक्रमित थपिएका छन् भने ४२ जना निको भएर घर फर्केका छन्।
पत्नी र छोराको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक अनुमान
भक्तपुरको सल्लाघारी निकोसेरामा शनिबार भएको घटनामा हत्यापछि आत्महत्या भएको प्रारम्भिक अनुमानमा देखिएको बताइएको छ।
उदयपुरमा खुकुरी प्रहार गरी महिलाको हत्या
उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा शनिबार बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ । सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ।
देशभर २ सय ३१ कैदीबन्दीमा कोरोना सङ्क्रमण, पाँचको मृत्यु
मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २ सय ३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ। कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो।
गाउँपालिका प्रमुखलाई ज्यान मार्ने धम्की दिने ठेकेदार पक्राउ
सुनसरी कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई ज्यान मार्ने धम्की दिने भारतीय ठेकेदार पक्राउ परेका छन्।
कोरोना संक्रमितलाई सामाजिक बहिस्कारको डर
दुईसाता अघि घोराही उपमहानगरपालिका वडा नं. १५ का ५० वर्षीय जीवराज केसी (नाम परिवर्तन) लाई कोरोना संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसे। कोरोना लाग्नु उनका लागि अभिषाप जस्तै भयो।
विपन्नको दुःखमा मनकारीको साथ
गाउँपालिकाबाट राहत सहयोग नपाउँदा भोकभोकै बस्न बाध्य सखुवानन्कारकट्टी–४ का दुई घर सुकुम्वासीलाई शनिबार लाइन्स कल्व लहान शाखाले खाद्य सामग्री सहयोग गरेको छ।
जान्ने बुझ्नेबाटै सरकारी नियम उल्लंघन
कोरोना भाइरस संक्रमण बढी नफैलियोस भनेर सरकारले २५ जना भन्दा बढी व्यक्ति एकैठाउँमा एकैपटक भेला नहुन भनिएको छ। सूचनालाई आधार मान्दै जिल्लास्थित प्रशासन कार्यालयले मानिसलाई भेला हुन, भीडभाड, सभा, जात्रा, महोत्सव, तथा सबै धर्म, संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रम तथा क्रियाकलाप आयोजना नगर्न पनि बारम्बार अनुरोध गर्दै आएको छ।