स्वास्थ लाभको कामना र फलफूल बाँडन जिल्ला सुरक्षा प्रमुख कोरोना संक्रमितको घर घरमा पुगेका छन्।कोरोना संक्रमितलाई स्वास्थ्य लाभको कामना र उत्साह थप्न सुरक्षा निकायले फलफूल र स्वास्थ्य किट बाडेका छन्। जिल्ला प्रहरी कार्यालयको अगुवाईमा कपिलवस्तु नगरपालिका क्षेत्रभित्र रहेको कोरोना संक्रमितलाई आइसोलेसन र घर मै पुगेर सो बाडिएको हो।
प्रजिअ दीर्घ नारायण पौडेल प्रहरी उपरीक्षक नमराज अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक धु्रब कार्की, अनुसन्धान प्रमुख जयेन्द्र उपाध्यायले तौलिहवास्थित महिला तथा बालबालिका कार्यालयको आइसोलेसन र होम आइसोलेसनमा रहेका ३१ जनाालई फलफूल र स्वास्थ्य किट बाडेका थिए। कोरोना संक्रमितलाई समुदायमा फरक व्यवहार गरिएका घटना दैनिक जसो सार्वजनिक भईरहेका बेला कपिलवस्तु प्रहरीले भने यस्ता घटना निरुत्साहित बनाउन आइसोलेसनमा रहेका संक्रमितलाई भेटे हो।
प्रजिअ पौडेलको अगुवाईमा रहेको सो टोली संक्रमितको घर घर मै पुगको थियो। टोलीले भदौ २२ गते संक्रमणका कारण मृत्यु भएका सञ्चारकर्मी बनारसी वर्माको परिवारमा संक्रमण भएका सदस्यलाई भेटि स्वास्थ्य लाभको कामना गर्दै फलफूल र स्वास्थ्य किट प्रदान गरेको थियो। वितरण गरिएको स्वास्थ्य किट युएफएड र युनिसेफले सहयोग गरेको थियो भने कपिलवस्तु प्रहरीले सबैलाई फलफूल उपलब्ध गराएको थियो।
कोभिड १९ संक्रमित भई आइसोलेसनमा रहेका कपिलवस्तु नगरपालिकाका संक्रमितलाई घरमै पुगी हौसला प्रदान गरिएको र कार्यक्रमलाई अन्य स्थानमा समेत सञ्चालन गर्ने योजना रहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
कोरोना संक्रमितको मनोबल उच्च बनाउनका लागि भेटघाट गरि स्वास्थ्य लाभको कामना गर्ने कार्य अगाडी बढाईएको प्रजिअ दिर्घ नारायण पौडेलले बताए। मृतक पत्रकार बनारसी बर्माका छोरा अजय बर्माले तीनै तहको सरकारले बेवास्ता गरेका बेला जिल्ला प्रहरी कार्यालयले गरेको यो काम अति राम्रो भएको बताए। उनले यो कार्यक्रमले संक्रमित र परिवारमा उत्साह थपेको उनले बताए।
यहाँ १ हजार २ सय ३० जनामा कोरोना संक्रमण देखिएकोमा १ सय ५९ सक्रिय संक्रमित छन्। जिल्लामा हालसम्म ६३ जना सुरक्षाकर्मी समेत संक्रमित भएका छन्।
प्रकाशित: २७ भाद्र २०७७ १३:५६ शनिबार





