७ वैशाख २०८१ शुक्रबार
समाज

विपन्नको दुःखमा मनकारीको साथ

लाइन्स क्लब लहानले दिएको खाद्य सामग्री ग्रहण गर्दै सखुवानन्कारकट्टीकि सुकुम्वासी प्रमिला मण्डल । तस्बिरः मिथिलेश/नागरिक

गाउँपालिकाबाट राहत सहयोग नपाउँदा भोकभोकै बस्न बाध्य सखुवानन्कारकट्टी–४ का दुई घर सुकुम्वासीलाई शनिबार लाइन्स कल्व लहान शाखाले खाद्य सामग्री सहयोग गरेको छ। कल्वले सुकुम्बासी प्रमीलादेवी मण्डल र गुलाबदेवी मण्डललाई खाद्य सामग्री वितरण गरेका छन्।

राहत सामग्री ग्रहरण गर्ने बेला दुबैजनाको आँखा खुसीले रसाएको थियो। लाइन्स कल्व लहाका चक्रपाणी दहाल, सुदीप चौधरी र ललित महतोले मण्डलद्वयलाई २५ किलोको चिरा मन्सुली चामल प्यकेट, दाल, खाने तेल र नुन वितरण गरेको छ। लोट्स सेकेन्ड्री स्कुलका संचालन सुदीप चौधरीले एकल महिला गुलाबदेवीलाई कपडा समेत सहयोग गरेका छन्।

धेरै विपद् पीडितहरुलाई राहत वितरण गरियो तर यी दुई महिलालाई राहत सहयोग गर्दा भरपूर सन्तुष्टि प्राप्त भएको अुनभूति गरे दहालले भने,‘खाटी गरिब यी महिलाहरुलाई साचैँ भोकभोकै बस्न बाध्य भएको पाएँ। उहाँहरुको दुःखमा थोरै मलम लगाउने अवसर पाउँदा सन्तोष महसुस भैरहेको उनले भने।’

गत शनिबार ‘भोकले छटपटाउँदै विपन्न’ शिर्षकमा नागरिकमा प्रकाशित सामाचार पढेर दहाल भावुक बनेका थिए। उनले तत्कालै सुदीप चौधरीसँग सल्लाह गरेर राहत उपलब्ध गराउन तयार भएका थिए।  

यी विपन्नको दुःखमा नजीकको सरकारबाट मलमपट्टी लगाउने कामै भएको छैन। अझ उनीहरूका नाममा राहत बाँडिएको भनेर अनियमितता गर्ने काम भएको छ। एकातिर विपन्नको नाममा हुनेखानेलाई राहत दिने अर्काेतिर विपन्नचाहिँ भोकभोकै बस्नु पर्ने अवस्था देखिनु दुःखद भएको स्थानीय दीपेश यादवले बताए। यस गाउँपालिकाले कोरोनाका कारण रोजगारी गुमाएका मजदुरलाई राहत वितरणमा झण्डै डेढ करोड रुपैयाँ खर्च गरेको छ। तर यी सुकुम्वासी र अन्य विपन्न समुदायकहाँ भने त्यो राहत पुग्न सकेको छैन।  

गाउँपालिकाको वडा नम्बर ४ मा बस्ने प्रमिला मण्डल र गुलाबदेवी मण्डल त्यस्ती प्रतिनिधि पात्र हुन् जो बाटोछेउकै पाँच हात ऐलानी जग्गामा परालको छाप्रोमा बस्छन् । प्रमिलाको ६ जनाको परिवार मजदुरीको जगमा अडिएको छ। गुलाबदेवीको घरमा कमाउने कोही छैन। बिरामी उनीसँग मजदुरीमा खट्ने ताकत छैन। बिरामी परेदेखि उनी मागेरै गुजारा चलाउँदै आएकी छन्। 

एक साताअघि एउटा गैरसरकारी संस्थाबाट प्राप्त राहत सामग्री गाउँपालिकाले वितरण गर्यो। प्रमिला र गुलबको छाप्रो टाँसिएरै वितरण गरिएको राहत उनीहरुले पाएनन्। राहत पहुँचवाला र हुनेखानेले लगे, प्रमिलाचाहिँ रित्तो हात फर्किइन्। मजदुरीमा अडिएको प्रमिलाको परिवारले राहत नपाउनु आफैँमा विडम्बनापूर्ण अवस्था हो, सोही वडाका शैलेन्द्र यादवले भने।

प्रकाशित: २७ भाद्र २०७७ ११:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App