coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गाउँपालिका प्रमुखलाई ज्यान मार्ने धम्की दिने ठेकेदार पक्राउ

सुनसरी कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई ज्यान मार्ने धम्की दिने भारतीय ठेकेदार पक्राउ परेका छन्। अन्सारीलाईं ज्यान मार्ने धम्की दिने भारत वीरपुरका ठेकेदार बब्लु भगतलाईं प्रहरीले पक्राउ गरेको हो। शुक्रबार राति अन्सारीलाई भगतले टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिए।  

‘ज्यान मार्ने धम्की दिएको सूचना प्राप्त हुनासाथ सीमा नाकामा कडाईं गरेर भगतलाई पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले भने, ‘धम्की दिएको पुष्टि भएको छ।’ उनका अनुसार धम्की दिनेको भित्री कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ। ठेकेदार भगत पक्राउ पर्दा अत्याधिक मदाक पदार्थ सेवन गरेको अवस्थामा थिए।  

गाउँपालिका अध्यक्ष अन्सारीका अनुसार ठेकेदार भगतसँग पूरानो चिनजान हो ‘पुरानै चिनजान हो, भेटघाट हुँदा सम्मानपूर्वक व्यवहार पनि गर्थे,’ अन्सारीले भने, ‘शुक्रबार राति एक्कासी फोन गरेर तथानाम गाली गर्दै बीच सडकमा ल्याएर गोली हान्ने धम्की दिए।’ ठेकेदार भगतले कोशी गाउँपालिकै स्थानीयको टेलिफोनबाट फोन गरेका थिए। अन्सारीले कसैको डिजाइनमा आफूबिरुद्द त्यस्तो धम्की दिएको बताए। 

ठेकेदार भगत भारतीय नागरिक भएपनि कोशी प्रोजेक्टको ठेक्का उनले नै गर्दै आएका छन्। जसले गर्दा उनी नेपालतर्फ बढी नै समय बिताउने गरेका छन्।  

अन्सारीले ज्यान मार्ने धम्की दिनेलाईं कानुन अनुसार कारबाही हुनुपर्ने बताएका छन्। 

प्रकाशित: २७ भाद्र २०७७ १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App