१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घुम्थाङ पहिरो: सभामुख सापकोटा घटनास्थलमा

घुम्थाङ पहिरोले पु-याएको जनधन क्षतिको अवस्था अबलोकन गर्न प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा घटनास्थल आइपुगेका छन्। घटनास्थल सभामुख सापकोटाको निर्वाचन क्षेत्र हो। सवारी यात्राद्धारा उनी घटनास्थल आइपुगेका हुन्। उद्धारमा खटिएका सुरक्षा अधिकारीले सभामुख सापकोटालाई पहिरोले पु-याएको क्षतिबारे जानकारी गराएका थिए। सापकोटाले बेपत्ताको खोजी, घाइतेको उपचार र पीडितलाई तत्काल राहत पु-याउन स्थानीय अधिकारीलाई निर्देशन दिएका छन्।  
 

अबिरल वर्षासँगै आइतबार बिहानीपख बाह्रविसे नगरपालिका–७ घुम्थाङमा गाउँमाथिको ढिस्को नै खसेर पहिरो निम्तिँदा ३१ जना बेपत्ता बनाएको थियो। अहिलेसम्म पाँच शब फेला परेको प्रहरीले जनाएको छ। पहिरोमा अझै २६ हराइरहेका छन्। प्रहरीको प्रारम्भिक बिवरणअनुसार भिरखर्क, नागपुजे लगायत बस्तीका ११ घर पहिरोले बगाएको छ।

प्रकाशित: २८ भाद्र २०७७ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App