शनिबार प्रदेश २ मा १ सय ३२ जना संक्रमित थपिएका छन् भने ४२ जना निको भएर घर फर्केका छन्। योसँगै यस प्रदेशमा संक्रमितको संख्या ११ हजार ८ सय ४५ पुगेको छ। निको भएर घर फर्किने ६ हजार ३ सय ११ छन्।
सामाजिक विकास मन्त्रालयकाअनुसार शनिबार सबै भन्दा बढी सर्लाहीमा ८० जना संक्रमित थपिएका छन्। सप्तरीमा १६ जना, सिरहामा ५ जना, पर्सामा ९ जना, बारामा १४ जना, धनुषामा १ जना र महोत्तरीमा ७ जना संक्रमित थपिएका छन्। प्रदेश २ मा ५ हजार ४ सय २६ जना सक्रिय संक्रमित छन्।
प्रकाशित: २७ भाद्र २०७७ १३:३४ शनिबार