१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पत्‍नी र छोराको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक अनुमान

घटनास्थलका घर ।

भक्तपुरको सल्लाघारी निकोसेरामा शनिबार भएको घटनामा हत्यापछि आत्महत्या भएको प्रारम्भिक अनुमानमा देखिएको बताइएको छ। घरका अभिभावक श्रीमानले आफ्नै श्रीमती, छोरा र घरमा पालिराखेको कुकुरलाई मारेपछि आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ।  

३६ वर्षीय सुदिप अधिकारीले आफ्नै श्रीमती ३४ वर्र्षीया सम्झना र उनीहरुका छोरा १५ वर्षीय सुशान्तलाई हत्या गरेर सुदिपले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट अनुमान गर्न सकिने रहेको जनाइएको छ। शनिबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ७ निकोसेरा आफ्नै घरमा तीन जना र घरमा पालिराखेका कुकुरको शव घरका छुटाछुटै ठाउँंहरुमा भेटिएको थियो।  

सुदिपको शव अन्यको भन्दा फरक भएकाले उनले श्रीमती र छोराको हत्यापछि आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ। अन्तिम तलामा ढोका छेउ मृत अवस्थामा भेटिएका सुदिपको शरीरमा भने कुनै बाहिरी चोटपटक नरहेको बताइएको छ। बताइए अनुसार सुदिपले वान्ता गरेको संकेत देखिन्छ भने शव पनि जस्ताको तस्तै रहेको देखिन्छ। कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।  

खाटमा सुतेकै समयमा सुदिपले हतियार प्रयोग गरी श्रीमती र छोराको हत्या गरेपछि आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान हो। घटनास्थलमा विषको बट्टा भेटिएको बताइएको छ तर त्यो के हो थप अनुसन्धानपछि बाहिर आउने प्रहरीको भनाई छ। शुक्रबार घटना भए पनि शनिबार समेत प्रहरी टोली वास्तविकता बाहिर ल्याउनमा सक्रिय थियो र घटनास्थलमा खटिएका थियो।  

महानगरीय प्रहरी बृत्त थिमिका डीएसपी श्रृषिराम कँंडेलले घटनाबारे थप अनुसन्धान जारी रहेको बताए। अहिले यसै हो भन्न सकिन्न, शनिबार नागरिकसँंग उनले भने, पोष्टमार्टको रिपोर्ट आएपछि केही थप कुरा आउन सक्ला।  

सुदिपको शवको प्रकृति अन्य दुईको भन्दा फरक छ। सम्झना र सुशान्तको शव खाटमा थियो तर सुदिपको चाहीँ भुईमा। मृतक शुशान्तको शवमा रामनामीको कपडा ओढाएको बताइएको छ। सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको र सुदिपको भने अलिदिनपछि मृत्यु भएको जस्तो देखिने प्रहरीको भनाई छ।  

पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको शव भेटिएको थियो। उनीहरुको मृत्युमा घाउचोट देखिएको थियो भने सुदिपकोमा त्यस्तो केही नदेखिएको बताइएको छ। फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा दुवै जनाको टाउकोमा गहिरो चोट देखिएको र पिता सुदिपकोमा त्यस्तो नदेखिएको बताइएको छ।  

एक स्थानीयले भदौं २२ गते सोमबार श्राद्ध भएर श्रीमती माइती डाँछी गएको र फर्केर आउदा आफूले भेटेको बताए। चार दिन अगाडि दिउँसो ४ बजे घर नजिकैको फुटपाथमा सम्झना साग किन्दै गरेको स्थानीयले देखेको उनले बताए। तर, मंगलबारदेखि भने त्यो घरको बाहिरको बत्ती नबलेको स्थानीय बताउछँन्। नाम नबताउने शर्तमा स्थानीय एक युवाले भने म सधै बिहान र साँझमा बाहिर निस्कन्छु तर, मैले मंगलबार साँझबाट सुदिप दाईको घरमा बत्ती बलेको देखिन। निषेधाज्ञा भएकाले पनि छिमेकीहरुले पसल बन्द भएकोमा चासो दिएनन्।  

स्थानीयका अनुसार त्यो परिवारको पुरानो घर घटना भएको स्थान भन्दा केहीमाथि हालको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ मा पर्दछ। मृतक अधिकारीका तीन दाजुभाई छन्। उनी घरका जेठा छोरा थिए। मातापीतामाथि घरमा नै बस्दै आएका छन्। छोरो सुशान्तले यसै वर्ष एसईई उर्तिण गरेका थिए। उनी ग्लाडस्टोन स्कुल मध्यपुर थिमिमा अध्ययन गर्दथे। २०७१ सालतिर उनीहरुले हालको निकोसेरामा घर बनाएका थिए।  

उनीहरुले आफ्नै घरमा किराना पसल समेत चलाउदैं आएका थिए। सुदिपमा मदिराको लत अलि बढी नै भएकाले परिवारमा कहिलेकाहीँ झगडा पर्ने गरेको छिमेकीहरु बताउँछन्। उनलाई मदिराकै कारण करिब दुई वर्ष अगाडि औषधि कम्पनीले जागिरबाट निकालेको स्थानीयको भनाई छ।  

मृतकका भाई सुनिल अधिकारीले घटनाबारे प्रहरीलाई शुक्रबार साँझ जानकारी गराएका थिए। शुक्रबार साँंझ उनी घर आइपुग्दा घरको दोस्रो तल्लामा कुकुर र भाउजु सम्झनाको शव फेला परेको थियो। साथै तेस्रो तलामा सुशान्त र माथिलो तल्लामा सुदिप अधिकारकिो शव फेला परेको थियो। घटनास्थलको घरमा बाहिरको ढोकामा समेत भित्रबाट चुकुल नलाइराखेकोले घटना थप रहस्यमय बनेको छ।

प्रकाशित: २७ भाद्र २०७७ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App