‘घरमा एक मुठ्ठी अन्न छैन, खेतबारीमा लगाएको धान, कोदो र मैकै पाक्ने समय भएको छैन। किन्नलाई पैसा छैन, साहुले उधारो दिँदैनन्,’ कोरोना भारइसभन्दा ठूलो भोक ठानेर रोगको प्रवाह नगरी आफ्नै हातले बुनेका डोका बोक्दै घर दैलोमा बेच्न हिँडेको मष्टा गाउँपालिका–२ तुतिकी ४३ धनसारा बोहराको दुखेसो छ, ‘कोरोना लागेर मान्छे मरेको खबर नसुनेको पनि होइन।
बाँकेमा लागुऔषध नियन्त्रणमा चुनौती
बाँके प्रहरीको तथ्यांकअनुसार लागुऔषध दुव्र्यसनी र ओसारपसारमा १३ देखी २५ वर्ष उमेरका समूहका युवायुवती बढी संलग्न हुने गरेका छन्। दुव्र्यसनीमा फसेका व्यक्तिको व्यवहार पूर्ण रूपमा असमाजिक हुने गरेको प्रहरीले बताएको छ।
गृहको गोप्य सर्कुलरः पुजारी हत्याको विरोधमा उत्रनेलाई कारबाही गर्नू
गृह मन्त्रालले रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा संलग्नहरुलाई कारवाही गर्नुपर्ने माग गर्दै सुरु भएको प्रदर्शन रोक्न देशभरका जिल्ल प्रशासन कार्यालयलाई गोप्य सर्कुलर जारी गरेको छ।
खाद्यान्न सकिएपछि गाउँ घुम्न बाध्य
‘घरमा एक मुठ्ठी अन्न छैन, खेतबारीमा लगाएको धान, कोदो र मैकै पाक्ने समय भएको छैन। किन्नलाई पैसा छैन, साहुले उधारो दिँदैनन्,’ कोरोना भारइसभन्दा ठूलो भोक ठानेर रोगको प्रवाह नगरी आफ्नै हातले बुनेका डोका बोक्दै घर दैलोमा बेच्न हिँडेको मष्टा गाउँपालिका–२ तुतिकी ४३ धनसारा बोहराको दुखेसो छ, ‘कोरोना लागेर मान्छे मरेको खबर नसुनेको पनि होइन।
कपिलवस्तुमा थप एक जना कोरोना संक्रमितको मृत्यु
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु नगरपालिका वाड नम्बर १ का ५० वार्षिय शिवकुमार कोहारको मृत्यु भएको भएको छ । भदौ ५ गते उनलाई उपचारको लागि बुटवल लगिएको थियो ।
बालगृहका बालिका घर फर्कन इच्छुक
बाल अधिकार परिषद्ले ती बालिकाहरूलाई परिवारमा पुनर्मिलन गराउने उद्देश्यले स्थानान्तरण गरेको बताएको छ। सर्वोच्चको आदेशसँगै बाल न्याय समितिका सदस्य सचिवले बालिकाहरूको अवस्था हेरेर प्रतिवेदन बुझाउनेछन्।
लक्षण नभएकालाई १० दिनपछि डिस्चार्ज
स्वास्थ्य मन्त्रालयले लक्षण नभएका तर अस्पताल भर्ना भएका कोरोना संक्रमितलाई १० दिनपछि पिसिआर परीक्षण गरी डिस्चार्ज गर्न निर्देशन दिएको छ। मन्त्रालयअन्तर्गतको कोभिड १९ इन्सिडेन्ट कमान्ड सिस्टमले यस्तो निर्देशन दिएको हो।
एनओसी खुला
सरकारले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (एनओसी) दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी शैक्षिक संस्थाहरूबाट उच्च शिक्षा अध्ययन स्वीकृति लिएर बसेका विद्यार्थीका लागि एनओसी दिएर अध्ययनको बाटो खुला गरेको हो।
उद्धारका नाममा ‘व्यापार’
विदेशमा अलपत्र नेपाली श्रमिकको उद्धार खटनपटनमा सक्रिय सिसिएमसी तथा विदेशस्थित नेपाली नियोगहरूको ध्यान निःशुल्क उडानको साटो चार्टर उडान थप गर्नेतिर केन्द्रित छ।
झापामा गोरु काटेको निहुँमा झडप, सशस्त्र प्रहरीको गोली लागेर एकको मृत्यु
सशस्त्र प्रहरीको गोली लागेर झापामा एक जनाको ज्यान भएको छ। झापा गाउँपालिका ३ स्थित कटुवामारी भन्ने ठाउँमा गोरु काटेको आरोपमा दुई व्यक्तिलाई नियन्त्रणमा लिएर विर्तामोड आउँदै गर्दा कामाटोली भन्ने ठाउँमा स्थानीय र प्रहरीबीच झडप भएको थियो।
संक्रमणबाट बँचाउन अनुगमनमा कडाई
जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुले कोरोना भाईरसको संक्रमण जोखिम हुन नदिन अनुगमन कार्य तिब्र पारेको छ । एकपछि अर्को संक्रमित जिल्लामा बढ्दै गएपछि दुईसातायता निशेधाज्ञा जारी गरेको प्रशासनले संक्रमण बढ्न नदिन अनुगमन कार्यलाई तिब्रता दिएको हो ।
‘सम्पदा पुनर्निर्माणमा समुदायको सहभागिता प्रभावकारी’
संस्कृतिविद् एवं सम्पदा क्षेत्रका अनुसन्धाताले पाँच वर्ष अघिको भूकम्पले क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिता प्रभावकारी बन्दै गएको बताएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको राष्ट्रिय परिसंवादको तेस्रो दिन सांस्कृतिक सम्पदा एवं सम्पदा बस्तीको पुनःनिर्माणमाथिको छलफलका क्रममा वरिष्ठ सम्पदाविद् सुदर्शनराज तिवारीले सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिताले स्वस्थ अभ्यास स्थापित हुने बताए।
रोकिएन मध्यपुर थिमिमा कोरोनाको भयावह
भक्तपुरको मध्यपुर थिमिमा वढदो कोरोनाको भयावह अझै रोकिएको छैन । काठमाडौंसँंग जोडिएको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा निरन्तर कोरोना संक्रमित वढ्दो छ । बुधबार पनि जिल्लाका नगरपालिकाहरूमध्ये त्यहाँं सबैभन्दा वढी कोरोना संक्रमित भेटिए ।
तीनमहिने शिशुलाई कोरोना
भक्तपुरको एकजना तीनमहिने शिशुलाई पनि कोरोनो पुष्टी भएको छ । सुर्यविनायक नगरपालिका बालकोटका एकजना ३ महिने शिशुलाई कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय कटुजे भक्तपुरले जनाएको छ ।
क्यानडा पठाइदिन्छु भन्दै २१ लाख ठगेको आरोपमा काठमाडौंमा ३ जना पक्राउ
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा पठाइदिन्छु भनी २१ लाख ठगी गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
बजार अनुगमनमा कडाई
जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुले कोरोना भाईरसको संक्रमण जोखिम हुन नदिन अनुगमन कार्य तिब्र पारेको छ। एकपछि अर्को संक्रमित जिल्लामा बढ्दै गएपछि दुईसातायता निषेधाज्ञा जारी गरेको प्रशासनले संक्रमण बढ्न नदिन अनुगमन कार्यलाई तिव्रता दिएको हो।
प्रदेश २ मा एकैदिन थपिए २४६ संक्रमित
प्रदेश २ मा बुधबार एकैदिन २ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशमा संक्रमितको संख्या ९ हजार ४ सय २७ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार पर्सामा ५४ जना संक्रमित थपिएका छन्।
चितवनबाट फरार संक्रमित नुवाकोटकाे खाेला किनारमा भेटिए
उनी मङ्गलबार बिहान ६ बजे आइसोलेसनबाट फरार भएका थिए । फरार सङ्क्रमितलाई प्रहरीले स्वास्थ्य मापदण्ड पूरा गरी पक्राउ गरेको जनाएको छ ।
शुक्रबारदेखि पाँचथरमा यातायात सञ्चालनमा रोक
कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि शुक्रबार दिउँसोबाट अत्यावश्क बाहेक पाँचथर जिल्लाभरी गाडी सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक बाहेक भदौ १८ गतेसम्म दुई पाङ्ग्रे सहित सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले जानकारी दिए।
मोरङमा एक साता निषेधाज्ञा थपियो
मोरङमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा गएपछि दैनिक संक्रमितको संख्या बढ्न थालेकाले जिल्ला ४ पालिकामा लगाइएको निषेधाज्ञा बढाएर जिल्लाभरि बुधबारदेखि लागू गरिएको छ।
मृत्यु भएको ९ दिनपछि कोरोना पुष्टि
कैलाली बर्दगोरिया गाउँपालिका वडा नम्वर ५ का ४९ वर्षिय एक पुरुष साउन ३२ गते मोहन्याल गाउँपालिका वडा नम्वर ३ मा बेहोस भए। उपचारका लागि ल्याउने क्रममा मोहन्यालमै उनको ज्यान गयो।
डोल्पा एक साताका लागि सिल
नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको बढ्दो जोखिमबाट नागरिकलाई बचाउन पुर्व सर्तकताको लागि डोल्पा जिल्लालाई एक सातासम्मको लागि सिल गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालयमा बुधवार बसेको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लालाई एक सातासम्मको लागि सिल गर्ने निर्णय गरेको हो।
गाउँगाउँमै पुगेर सिडिओले बाँडे मास्क
जुम्लामा कोरोना संक्रमित बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) भुपेन्द्र थापा हरेक स्थानीयतहमा व्यस्त छन्। उनी सचेतना फैलाउने, सुरक्षामा सामान प्रदान गर्नुका साथै कोरोना संक्रमण रोकथामका लागि छलफल गर्दै गाउँगाउँ पुगेका हुन्। प्रमुख जिल्ला अधिकारी थापा तत्कालिन सिँजा क्षेत्रलाई केन्द्रमा राखेर कोेरोना रोकथाम तथा नियन्त्रणका लागि उनी सक्रिय भएका हुन्।
पूर्वी पहाडमा फैलिँदै कोरोना
पाँचथर जिल्लामा प्राप्त पछिल्लो पिसिआर रिर्पोट अनुसार चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो पल्ट तीन जना प्रहरी र एक जना क्वारेन्टिनमा बसेका व्यक्तिमा कोरोना देखिएको हो।
सामान्य लक्षण भएका कोरोना संक्रमितलाई १४ दिनमा डिस्चार्ज गर्न निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई १४ दिनभन्दा बढी अस्पतालमा नराख्न निर्देशन दिएको छ। त्यस्ता संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्ने र पोजेटिभ आए थप चार दिन अस्पताल राखेर पीसीआर परीक्षण नगरी घर पठाउन मन्त्रालयले निर्देशन दिएको हो।