coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीनमहिने शिशुलाई कोरोना

भक्तपुरको एकजना तीनमहिने शिशुलाई पनि कोरोनो पुष्टी भएको छ । सुर्यविनायक नगरपालिका बालकोटका एकजना ३ महिने शिशुलाई कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय कटुजे भक्तपुरले जनाएको छ ।

बुधबार भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका बालकोटमा उल्लेख्य संख्यामा कोरोना सक्रमित फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरबाट प्राप्त जानकारीअनुसार बालकोटका ८ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक जना ३ महिने शिशु र ७ वर्षका बालक पनि रहेका छन् । बालकोटका ५८ वर्षका पुरुष, ५३ वर्षका महिला, ६५ वर्षका महिला, ४५ वर्षका महिला, २२ वर्षका पुरुष र ३० वर्षका पुरुषमा कोभिड–१९ पुष्टि भएको हो । त्यस्तै सुर्यबिनायक नगरपालिकाकै चारदोबाटोका २४ वर्षका महिला, दधिकोटका ६७ वर्षका महिला, नयाँ थिमि (राजमार्गको दक्षिण) का २९ वर्षका पुरुषमा पनि कोभिड–१९ पुष्टि भएको छ ।

संक्रमितमध्ये मध्यपुर थिमिका ८ जना रहेको बताइएको छ । लोकन्थलीका ४४ वर्षका पुरुष, कौशलटारका ५३ वर्षका पुरुष, कौशलटारकै ५३ वर्षका महिला, मथिनपा वडा नं ५ का ३३ वर्षका पुरुष, मध्यपुर थिमि नगरपालिका वडा नं ६ का ४९ वर्षका महिला, वडा नं ५ का ३० वर्षका महिला, नगदेशका ६४ वर्षका पुरुष र नगदेशकै ११ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयलले जनाएको छ । भक्तपुर नगरपालिका वडा नं २ व्यासीका एक जना २४ वर्षका महिलामा पनि कोभिड–१९ संक्रमण पुष्टि भएको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार भेटघाटमा भक्तपुरबाट २४ जना संक्रमित भनिएको मध्ये एक जनाको दोहोरो परीक्षणमा पुनः कोभिड देखिएको र एक जना मंगलबारको नाम दोहोरिएको जनाइएको छ । बाँंकी दुई जनाको भने सम्पर्क खुलिनसकेको जनाइएको छ ।

प्रकाशित: १० भाद्र २०७७ १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App