४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपाको बहुमत आएन भने देश फेरि ‘सरकार फेर्ने घनचक्कर’मा फस्ने छ : स्वर्णीम वाग्ले

तनहुँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचनमा उठेका उम्मेदवार स्वर्णीम वाग्लेले निर्णायक बहुमतको आवश्यकता औँल्याएका छन्।

सामाजिक सञ्जालमार्फत मतदातासँग समर्थनको आह्वान गर्दै उनले नेपाली जनताले परिवर्तन चाहिरहेको उल्लेख गरे। साथै उनले अबको स्पष्ट विकल्प रास्वपालाई बहुमतसहित देश चलाउने जिम्मेवारी दिनु रहेको बताए। चुनावपछि पुरानै सत्ता–गणित दोहोरिए स्थिर सरकार सम्भव नहुने र त्यसले नीति निर्माण, सुधार तथा कार्यसम्पादनलाई जटिल बनाउने उनको भनाइ छ।

वाग्लेले पुराना गठबन्धनका नाममा हुने सत्ता सम्झौता, तानातान र पद–लालचले देशलाई फेरि ‘सरकार फेर्ने घनचक्कर’ मा फसाउने चेतावनी दिएका छन्। यसले विकास, लगानी, रोजगारी र नागरिक सेवामा प्रत्यक्ष नकारात्मक असर पर्ने उनले उल्लेख गरेका छन्।

उनका अनुसार रास्वपासँग बहुमत माग्ने आधार, नेतृत्व र स्पष्ट एजेन्डा तीनै कुरा छन्। 'स्पष्ट एजेन्डा, सक्षम नेतृत्व र परिणाममुखी कार्ययोजनासहित हामी प्रभावकारी शासनका लागि अघि बढिरहेका छौँ,' उनले लेखेका छन्।

छाब्दी बाराही, तनहुँबाट गरिएको उक्त सन्देशमार्फत वाग्लेले यस पटक देशलाई अघि बढाउने अवसर दिन मतदातासँग अनुरोध समेत गरेका छन्।

प्रकाशित: १५ माघ २०८२ ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App