२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

मोरङमा एक साता निषेधाज्ञा थपियो

मोरङमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा गएपछि दैनिक संक्रमितको संख्या बढ्न थालेकाले जिल्ला ४ पालिकामा लगाइएको निषेधाज्ञा बढाएर जिल्लाभरि बुधबारदेखि लागू गरिएको छ।  

जिल्ला स्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले विराटनगर, रंगेली, बुढीगंगा र कटहरीमा  भदौ ५ गतेदेखि १० गतेसम्मका लागि लगाइएको निषेधाज्ञा थप एक साताका लागि जिल्लाभरि लागू गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।  

समुदायमा फैलिएको कोरोना भाइरसको ‘चेन ब्रेक’ हुने आशामा गरिएको लकडाउनबाट खासै उपलब्धि नभएपछि सिसिएमसीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो। सिसिएमसीको बुधबार बसेको बैठकले निषेधाज्ञा लागू भएपछि संक्रमणको दरमा केही कमी आएकाले भदौ १६ गतेसम्म जिल्लाभरि लागू हुने गरी निषेधाज्ञा लगाएको मोरङका प्रमुख जिल्ला अधिकारी (सिडियो) कोषहरि निरौलाले बताए।  

‘यसअघि ४ पालिकामा मात्रै निषेधाज्ञा लगाएका थियौं, अब जिल्लाभरि एकरूपकता होस् भनेर पुनः १६ गतेसम्मका लागि निषेधाज्ञा थपेका छौं,’ सिडियो निरौलाले भने, ‘पहिलेको भन्दा केही परिमार्जन गरेर निषेधाज्ञा लगाएका छौं। अब बजार बिहान १२ सम्म खोल्ने, सामाजिक दुरी कायम गराउने र बजारको अनुगमन गर्ने छौं।’ कार्यालयहरूको हकमा पहिलेदेखि सेवा दिँदै आएको अत्यावश्यक कार्यालय सञ्चालन हुने, गुद्री बजार, हाटबजार जस्ता धेरै भीड हुने स्थान बन्द हुनेछ, सिडियो निरौले भने।  

यसअघि बिहान ९ बजेसम्म अत्यावश्यक सेवाका फलफूल, तरकारी, खाद्यान्नका पसल खोल्न दिने भनिए पनि अब १२ बजेसम्म पूरै बजार खुल्ने छ भने विराटनगरको गुद्री, अन्य स्थानको हाटबजार, होटल, सैलुन, सावरीसाधान सञ्चालनमा समेत रोक लगाइएकोप्रशासन कार्यालयले जनाएको छ।  

प्रकाशित: १० भाद्र २०७७ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App