३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

विशेष महाधिवेशनका पक्षमा छु: सहमहामन्त्री परियार

नेपाली कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरे पनि केन्द्रीय समितिले वैशाखको कार्यतालिका ल्याए पछि कांग्रेस भित्र महाविधेशको विवाद पेचिलो बनेको छ।

कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका बेला सहमहामन्त्री जीवन परियार पनि विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।

कांग्रेस वरिष्ठ नेता शेखर कोइराला निकट रहेका परियार विशेष महाधिवेशनको पक्षमा खुलेका हुन्।

सहमहामन्त्री परियारले सामाजिक सञ्जालमार्फत विशेष महाधिवेशनको पक्षमा रहेको बताएका छन्।

परियारले आफूले विशेष महाधिवेशनको लागि लविङ गरेको बताए। ‘मैले देशै भरि विशेष महाधिवेशनका लागि लविङ गर्ने पात्र हुँ,’ परियारले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले नबोलेको विषयमा तोडमोड गर्ने प्रयास गरियो।’

प्रकाशित: १९ पुस २०८२ २१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App