३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

काठमाडौंका यी स्थानमा काटिँदैछ आज बिजुली

नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरणले एक सूचना प्रकाशित गरी गोठाटार र बत्तीसपुतली फिडर अन्तर्गतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ। प्राधिकरणको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ।

जीर्ण अवस्थामा रहेका पोलको मर्मत तथा नयाँ जडानका कार्यका लागि बिहान ११ देखि अपराह्न १ः३० बजेसम्म पेप्सीकोला, टाउन प्लानिङ क्षेत्रमा बिजुली कटौती हुनेछ।

यस्तै, मध्य बानेश्वर, पूरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा भने अपराह्न २ देखि ४ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ। तोकिएको कार्य समय अगावै सकिएमा बिजुली नियमित रूपमा सञ्चालन हुने छ। बिजुली कटौती हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।

प्रकाशित: ३० फाल्गुन २०८२ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App