११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

बाँकेमा लागुऔषध नियन्त्रणमा चुनौती

फाइल तस्वीर

जिल्ला प्रहरी कार्यालय बाँकेमा पछिल्लो दुई महिनाको तथ्यांक हेर्दा दोस्रो नम्बरमा लागुऔषधका मुद्दा दर्ता भएका छन्। गत असार र साउन महिनामा १३ वटा लागुऔषधका मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयमा दर्ता सबैभन्दा बढी १६ वटा मुद्दा अभद्र व्यवहारका रहेको र दोस्रो नम्बरमा लागुऔषधका घटना सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। कोरोना भाइरस (कोभिड–१९) कारण लकडाउन भए पनि बाँकेमा लागुऔषधको मुद्दामा कमी आएको छैन।

लकडाउनको अवधिमा बाँके प्रहरीले ११ जना व्यक्तिलाई पक्राउ गर्नुका साथै उनीहरूको साथबाट ३० ग्राम ७ सय ८० मिली ग्राम ब्राउन सुगर, ४ सय ८७ सिसी कोरेक्स र ४ किलोग्राम एक सय ७४ ग्राम अफिम फेला परेको बताएको छ। लकडाउनको समयमा पनि बाँकेमा लागुऔषधको कारोबार भइरहेको उक्त तथ्यांकले पुष्टि गरेको छ। यसले बाँकेमा लागुऔषध कारोबार सञ्जाल बढ्दै गएको संकेत गर्ने प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा एक सय ५३ वटा लागुऔषधका घटना दर्ता भएका थिए। लागुऔषधका घटनामा पक्राउ पर्नेको संख्या दुई सय ३५ जना रहेको प्रहरी तथ्यांकमा उल्लेख छ।

खुला सिमाना र फितालो सुरक्षा रणनीतिले बाँकेमा लागुऔषध दुव्र्यसनी र व्यापार बढिरहेको छ। यसले भारतसँग सिमा जोडिएको बाँके र भारतीय सहरमा थुप्रै सामाजिक समस्या र अपराध बढाइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी सुबास  

खड्काले भारतबाट लुकाइछुपाई लागुऔषध ल्याउने क्रम नरोकिएको बताए। उनले भने, ‘खुला सिमाका कारण अवैध रूपमा बाँकेमा धेरै सामान आउने गर्छ। त्यस्तै लागुऔषध पनि आइरहेको छ। हामीले अवैध कारोबारमा संलग्नलाई प्रक्राउ गरेर मुद्दा चलाएका छौं।’ लकडाउनको अवधिमा सेवनकर्ताले सेवन गर्न नछाडेकोले प्रक्राउ पर्नेको संख्या बढेको डिएसपी खड्काले बताए। उनले थपे, ‘बाँकेमा मुख्य चुनौतिको रूपमा रहेको लागुऔषध नियन्त्रण गर्न हाम्रो टिमले हरेक समय काम गरिरहेको छ।’ प्रहरीकाअनुसार लागुऔषध दुव्र्यसनीमा फसेकाहरूको संलग्नता अन्य अपराधिक घटनामा रहने गरेको छ। विशेष गरी चोरी, हत्या, तस्करमा लागुऔषध प्रयोगकर्ताको सम्बन्ध जोडिने गरेको डिएसपी खड्काले बताए।  

बाँके प्रहरीको तथ्यांकअनुसार  लागुऔषध दुव्र्यसनी र ओसारपसारमा १३ देखी २५ वर्ष उमेरका समूहका युवायुवती बढी संलग्न हुने गरेका छन्। दुव्र्यसनीमा फसेका व्यक्तिको व्यवहार पूर्ण रूपमा असमाजिक हुने गरेको प्रहरीले  बताएको छ।

बाँके प्रहरीको तथ्यांकअनुसार लागुऔषध दुव्र्यसनी र ओसारपसारमा १३ देखी २५ वर्ष उमेरका समूहका युवायुवती बढी संलग्न हुने गरेका छन्। दुव्र्यसनीमा फसेका व्यक्तिको व्यवहार पूर्ण रूपमा असमाजिक हुने गरेको प्रहरीले बताएको छ। पूर्व लागुऔषध प्रयोग कर्ता सागर क्षेत्री (नामपरिवर्तन) अनुसार असमाजिक व्यवहार हुनुका पछाडी दुव्र्यसनमा फसेका व्यक्ति घर, परिवार, समाजबाट विस्तारै एक्लिँदै गएको महसुस गर्नुले पनि हो।  

आत्मसाहस पनि दुव्र्यसनमा फस्नुको एउटा कारण भएको सागरले बताए। उनका अनुसार सुरुमा कसैले म दुव्र्यसनमा फस्छु भन्ने सोचेको हँुदैन। तर समय र संगतले दुव्र्यसनी नजिक पुग्ने वातावरण बनाइदिन्छ। उनले भने, ‘एउटा बच्चाको हुकाईसँगै समाज, परिवार, स्कुलले विभिन्न अपेक्षा राखेका हुन्छन। हरेक अभिभावक आफ्नो बच्च राम्रो बनोस् भन्ने सोच हुन्छ। किशोर अवस्थामा पुग्दा अपेक्षाका पहाड हुन्छन्। डरले उ भाग्न खोज्छ। यसरी डर हटाउन भन्दै दुव्र्यसनमा संलग्न हुने गर्दछन्।’

चुनौती बन्दै न्युनिकरण

विज्ञका अनुसार लागुऔषधले मानव शरीरमा उत्तेजना पैदा गर्ने, शान्त पार्ने, एकोहोरो गराउने जस्ता समस्या उत्पन्न गराउँछ। यस्तो अवस्था उत्पन्न गराउने गाँजा, चरेस, अफिम, डेनड्राइट, ब्राउन सुगर, नाइट्रोसन चक्की, कोरेस, ओपिडोल दुव्र्यसनमा परेका युवाको रोजाइमा पर्नेगर्छ। केही प्रतिबन्धित लागुऔषध नेपालबाट भारत केही भारतबाट नेपालमा भित्रिने गर्छ। दुव्र्यसनमा फसेका व्यक्तिको साइन कोड  अनुसार यसको व्यापार हुने गरेको अनुसन्धानले देखाएको छ।  

बाँके प्रहरीकाअनुसार भारतीय सिमाना नजिकै नेपाली गाउँ जयसपुर, जमुना नाका, राधापुर, साइगाउँ, नरैनापुर लागुऔषध भित्रने मुख्य नाकाका रुरूमा देखिएका छन्। पछिल्लो समय खजुरा र बर्दियाको सिमानबाट लागुऔषधी भित्रिने गरेको छ। ति स्थानहरू अवैध लागुऔषध खरिद, बिक्री र सेवनका गर्नेका लागि सहज स्थान मानिन्छन्। नेपालगन्जका केही टोल पनि त्यो सूचिमा पर्छन। प्रहरीकाअनुसार बाँकेको कोहलपुर पनि लागुऔषध प्रयोगकर्ता र बिक्री बढिरहेको  सहरमा पर्छ।

लागुऔषध प्रयोगकर्ताका अनुसार भारत बाराबंकी जिल्लाको टिक्रा र गणेशपुरको लागुऔषधलाई गुणस्तरयुक्त मानिन्छ। रूपैडिहा नाका हुँदै नेपालको मध्य र सुदुरपश्चिमका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ। भारतबाट बाँके हुँदै काठमाडौं, मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्ला लागुऔषध जाने गरेको प्रहरी प्रहरीको तथ्यांक छ। नेपालको गाँजा, चरेस, अफिम राम्रो मानिन्छ भारतीय बजारमा। भारतबाट प्रशोधित भएर फेरी नेपाल सहरमा ब्राउन सुगर अफिम आउने गरेको पूर्व प्रयोगकर्ताको भनाइ छ। अहिले नेपालका केही पहाडी जिल्ला समेत अवैध रूपमा अफिम, गाँजा खेती गर्ने व्यापार बढिरहेको छ।

२०६९ सालमा गृह मन्त्रालयले गरेको अनुसन्धानमा बाँकेमा हार्ड ड्रग्स प्रयोगकर्ता ४१ सय रहेको खुलेको थियो। हार्ड ड्रग्समा गाँजा, रक्सी पर्दैनन्। लागुऔषध सेवन गर्नेको भाषामा हार्ड ड्रग्स लिने व्यक्ति चरम लागुऔषध सेवनको नसामा फसिसकेका हुन्छन्।

प्रकाशित: ११ भाद्र २०७७ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App