बंगलादेश प्रिमियर लिग (बिपिएल)टी- २० आजबाट सुरु हुँदैछ।
शुक्रबारदेखि सुरु हुने सो प्रतियोगितामा आज दुई खेल हुँदैछन्। बिपिएलको उद्घाटन खेलमा नेपालका स्टार खेलाडी सन्दीप लामिछाने रहेको राजशाही वारियर्स र सिल्हेट टाइटान्सबीच प्रतिस्पर्धा हुँदैछ।
खेल सिलहट अन्तर्राष्ट्रिय किकेट स्टेडिम दिउँसो २:४५ बजेबाट सुरु हुँदैछ। सो प्रतियोगितामा कूल ६ टोलीले सहभागिता जनाएका छन्।
सन्दीप बिपिएल खेल्न सोमबार राति बंगलादेश प्रस्थान गरेका थिए।
प्रकाशित: ११ पुस २०८२ १४:०५ शुक्रबार





