सर्वोच्च अदालतले चुनावको बिदामा पनि बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्ने भएको छ।
चुनावको लागि सरकारले दिएको सार्वजनिक बिदाको दिन पनि अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्न न्यायाधीश तोकेको छ।
बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि फागुन २० गते न्यायाधीश शारंगा सुवेदी, फागुन २२ गते न्यायाधीश महेश शर्मा पौडेल र फागुन २४ गते नारी दिवसका दिन न्यायाधीश मेघराज पोखरेललाई तोकिएको सर्वोच्च अदालत प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।
बन्दी प्रत्यक्षीकरणको लागि अदालतले बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म समय तोकेको छ।
प्रकाशित: १८ फाल्गुन २०८२ १३:२४ सोमबार





