२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

चितवनमा रास्वपाले समानुपातिमा पायो ६१ दशमलव ०६ मत

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समानुपातिक तर्फ ६१ दशमलव ०६ प्रतिशत मत आएको छ । चितवनबाट दुई वटा दल बाहेक अन्यले १० प्रतिशत समेत कटाउन सकेनन् ।  

२ लाख ४८ हजार ७०५ मत खसेको चितवनमा रास्वपाले १ लाख ७३ हजार ८९२ मत प्राप्त गरेको छ । यसअघि पनि चितवनमा रास्वपा पहिलो पार्टी बनेको थियो ।  

यहाँ सबैभन्दा बढी ६० हजार ४० मत चितवन क्षेत्र नम्बर तीनबाट ल्याएको छ । यस स्थानमा सोविता गौतमले प्रत्यक्ष तर्फ ५९ हजार २ सय ७७ मत ल्याएर विजयी भएकी थिईन् । प्रत्यक्षमा भन्दा रास्वपाले समानुपातिकमा बढी मत ल्याएको हो । यस्तै निर्वाचन क्षेत्र नम्बर १मा रास्वपाले समानुपातिक तर्फ ५९ हजार ३४३ मत प्राप्त गरेको छ । यहाँबाट रास्वपाका हरि ढकालले ५८२०८ मत ल्याएर विजयी भएका थिए ।  

चितवन क्षेत्र नम्बर २मा ५४ हजार ५०९ मत रास्वपाले समानुपाति तर्फ ल्याएको छ । यहाँ रास्वपाका सभापति रवि लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका थिए ।  

यस्तै चितवनमा नेपाली काग्रेस दोस्रो भएको छ । उसले खसेको कुल भोटको ११ दशमलव ५५ मत प्राप्त गरेको छ । चितवनमा कांग्रेसले ३२ हजार ८८६ मत पाएको छ । उसले सबैभन्दा बढी चितवन क्षेत्र नम्बर १मा १२ हजार २२८ मत प्राप्त गरेको छ । त्यस्तै क्षेत्र नम्बर २मा ११ हजार ५१८ र क्षेत्र नम्बर ३मा ९ हजार १४० मत प्राप्त गरेको छ ।  

चितवनमा समानुपातिक तर्फ नेपाली कम्यूनिष्ट पार्टी तेस्रो भएको छ । नेकपाले यहाँबाट ९ दशमलव १६ प्रतिशत मत ल्याएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा नेकपाले २६ हजार ९७ मत ल्याएको छ । उसले चितवन क्षेत्र नम्बर १बाट ४ हजार ३८, २ बाट ५ हजार ५७० र क्षेत्र नम्बर ३बाट १६ हजार ४८९ मत ल्याएको हो ।  

नेकपा एमालेले चितवनबाट समानुपातिकमा ९ दशमलव ०६ प्रतिशत भोट पाएको छ । उसले २५ हजार ७९८ मत पाएको छ । एमालेले चितवन क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी १० हजार ५४३, क्षेत्र नम्बर २बाट ९ हजार १६ र ३ बाट ६ हजार २३९ भोट ल्याएको छ । उत्ता राष्ट्रिय प्रजातन्त्र पार्टीले २ दशमलव ४८ प्रतिशत मत ल्याएको छ । अघिल्लो २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चितवनको क्षेत्र नम्बर ३बाट भारी मतका साथ निर्वाचित भएको राप्रापाले यसपटक चितवनमा ७ हजार ७९ मत ल्याएको छ । राप्रपाले चितवन क्षेत्र नम्बर १बाट २ हजार ९७७, चितवन क्षेत्र नम्बर २बाट १ हजार ८४९ र  ३मा २ हजार २५३ मत प्राप्त गरे । श्रम संस्कृति पार्टीले ३ हजार ९४९ मत प्राप्त गरेको छ । यो प्रतिशतका आधारमा १ दशमलव ३८ प्रतिशत हो ।  

 

 

प्रकाशित: २५ फाल्गुन २०८२ २२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App