३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

शीर्ष नेतासँगको भेटमा व्यस्त सञ्चारमन्त्री, ओली भेट्न गुण्डु पुगे

निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ ।  

यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग  गुण्डुस्थित निवासमा भेटवार्ता गरेका हुन् ।  

राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनमा केन्द्रित रहेर छलफल गरेका थिए ।  

राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन २१ गतेका लागि निर्धारित  प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक  सम्पन्न गराउन वर्तमान सरकार क्रियाशील छ । 

प्रकाशित: ११ पुस २०८२ १४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App