६ वैशाख २०८१ बिहीबार
समाज

पूर्वी पहाडमा फैलिँदै कोरोना

पाँचथर जिल्लामा प्राप्त पछिल्लो पिसिआर रिर्पोट अनुसार चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो पल्ट तीन जना प्रहरी र एक जना क्वारेन्टिनमा बसेका व्यक्तिमा कोरोना देखिएको हो।  

विदेश तथा जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेकालाई विगतमा कोरोना देखिएपनि यस पल्ट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा समेत कोरोना भाइरस देखिएपछि त्रास बढेको हो। केहिदिन अघि मोरङबाट आएका प्रहरीमा कोरोना देखिएपछि स्वाब संकलन गरि पठाइएको थियो। तीन जना जिल्ला प्रहरी कार्यालयका प्रहरी र एक जना भारतवाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिमा कोरोना देखिएपछि अगुवा स्रोत केन्द्र भवनमा बनाइएको आईसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए। यस अघि कोरोना भाइरसको संक्रमण  भएका तीन जनलाई इलाममा रहेको आईसोलेसनमा राखिएको छ। यस अघि पाँच जनाले कोरोना जितेर फर्किएका छन्।

पाँचथरमा शुक्रबारदेखि आन्तरीक रुपमा चल्दै आएका गाडी सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्क वाहेकका सबै प्रकारका गाडी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाईले जानकारी दिए। पूर्वी पहाडी जिल्लाहरुका कोरोना भाईसरबाट संक्रमित हुने क्रम बढेको देखिन्छ। क्वारेन्टिनमा  बस्नेमात्र नभई नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, सरकारी कर्मचारी तथा समुदाय स्तरमा समेत कोरोना देखिन थालेको छ।

छिमेकी तेह्थुम सदरमुका म्याङलुङमा समुदाय स्तरमा कोरोना फैलिएको देखिन्छ। तेह्थुमममा स्थानीय प्रशासनले निषेधाज्ञा भदौं १८ गतेसम्मलाई थप गरेको छ। सदरमुकाम म्याङलुङको जिल्ला अदालतबाट फैलिएको कोरोना समुदाय स्तरमा पुगेको स्वास्थ्य कार्यालय तेह्थुमका प्रमुख योगराज घिमिरले बताए। उनका अनुसार अहिले यहाँ १८ जनलाई कोरोना सक्रमण भएको छ।

साउन २९ गते अदालतका कर्मचारीमा कोरोना भाइरस पुष्टि भएको थियो। त्यसपछि त्यहाँका कर्मचारी तथा उनीहरुको परिवारका सदस्यको परिक्षण गर्दा थप ९ जनामा कोरोना भएको थियो। २ गते थप ९ जनामा कोरोना देखिएपछि स्थानीय प्रशासनले निधेषाज्ञा जारी गरेको थियो। मंगलबार थप ८ जनामा कोरोना पुष्टि भएको छ। कन्ट्रयाक टेसिङपछि स्वाब संकलन गरी पठाइएका ९ जना मध्ये ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको घिमिरेले जानकारी दिए। अदालतका कर्मचारीले खाजा खाने होटलका, कर्मचारीका आफन्त तथा एक जना नेपाली सेनामा कोरोना भाइरसको  संक्रमण देखिएको हो। स्वाब संकलन पछि सेल्फ क्वारेन्टिनमा नबसी हिनडुल गरेको पाइएकाले कन्ट्रयाक ट्रेसिङ गरेर स्वाब संकलन गरीने घिमिरे बताए।

इलाममा ८७ जनामा सक्रमण देखिएको मा ७८ जना कोरोना मुक्त भएका छन्। ९ जना इलामको आसोलेसन अथिए। बढी शसस्त्र प्रहरीमा कोरोनाको सक्रमण फैलिएको थियो। ४९ जना शसस्त्र प्रहरीमा कोरोना भाईसरको संक्रमण देखिएको थियो। यस्तै सन्दकपुर गाँउपालिकामा कोरोना भाइरस फैलिएको थियो।  

ताप्लेजुङमा भने सक्रमितको संख्या शून्य भएको छ। ताप्लेजुङमा विदेश तथा जिल्ला बाहिरबाट आएर क्वारेन्टाईनमा बसेका ८ जनालाई कोरोना संक्रमण भएको थियो। उनीहरु संक्रमण मुक्त भईसकेका छन्। पाँचथरसँग सिमा जोडिने धनकुटाका जिल्लामा हालसम्म २० जनामा संक्रमण भएकोमा १७ जनाले कोरोना जितेका छन्।  

पहाडी जिल्लामा छैनन् सविधा सम्पन्न अस्पताल

पूर्वका पाँचथर, तेह्थुम, ताप्लेजुङ, इलाम जिल्लामा नै आइसोलेशन बेड बनाइएको छ। तर संक्रमितलाई थप समस्या देखिए उपचार गर्न ठुला अस्पतालनको अभाव छ। जिल्ला अस्पतालमा सुविधा तथा विशेषाज्ञ स्वास्थ्यकर्मीको अभाव रहेको  देखिन्छ। भेन्टिलेटर लगायतका सुविधा छैनन्। तराईमा रहेका सुविधा सम्पन्न अस्पतालमा विरामी लैजान घण्टौँ लाग्ने अवस्था रहेको छ। यहाँ संक्रमण देखिएका अधिकतरको स्वास्थ्य अवस्थामा हालसम्म सामन्य रहेको जानकारी दिइएको छ। जिल्लामै बनाइएका आइसोलेशन अस्पतालमा बेढ संख्या कम छ। संक्रमण बढ्दै जानेहो भने थप समस्या हुने देखिन्छ।

जताततै भिडभाड, लापरबाही उस्तै  

कोरोना सक्रमण बढ्दै गएपनि लापरबाही उत्तिकै छ। सदरमुकाम तथा ग्रामिण क्षेत्रमा रहेका बजारमा भिडभाड देखिन्छ। निशेषाज्ञा भएको तेह्थुमबाहेकका पहाडी जिल्ला भित्र गाडी चलीरहेका छन्। खचाखचयात्रु राखेर गाडी चलेका देखिन्छ। सरकारी कार्यालय, बैंक जस्ता अवागमन बढि हुने ठाँउमा पर्याप्त सावधानी अपनाएको देखिन्छ। चिया पसलदेखि सार्वजनिक स्थलमा भिडभाड देखिन्छ। साना तीना कार्यक्रमहरु हुने क्रम रोकिएको देखिदैन्। पिसिआर परिक्षणका लागि स्वाब दिएपछि रिर्पोट नआईन्जेलसम्म होम क्वारेन्टिनमा बस्नु पर्ने भएपछि हिनडुल गरेको देखिन्छ। भिडभाड गर्ने, घुम्न जाने, मास्क जस्ता समाग्रिको प्रयोग नुहँदा जोखिम बढ्ने गरेको स्वास्थ्य कार्यलय पाँचथरका प्रमुख नारद सुवेदी बताउँछन्।  

प्रकाशित: १० भाद्र २०७७ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App