राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता स्वर्णिम वाग्लेले सनातन सभ्यताको बारेमा पार्टीको धारणा स्पष्ट हुँदाहुँदै पनि विपक्षीहरूले भ्रम फैलाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। रास्वपा सनातन सभ्यता र उन्नत लोकतन्त्रको पक्षमा दृढ रहेको उनले बताए।
‘हाम्रो धारणा अत्यन्त स्पष्ट छ, हामी सनातन सभ्यताको रक्षक हौं,’ उनले भने, ‘हामी उदार, सहिष्णु तथा बहुलवादी समाजको कवच हौं।’
वाग्लेले सनातन सभ्यता र उन्नत लोकतन्त्रलाई सँगसँगै अघि बढाउने रास्वपाको दृष्टिकोण रहेको उल्लेख गर्दै त्यसबारे अनावश्यक भ्रम सिर्जना गर्न खोजिनु अनुचित भएको बताए। उनका अनुसार लोकतान्त्रिक मूल्य, सामाजिक सहिष्णुता र बहुलवाद नेपालको समाजको आधार हुन् र रास्वपा तिनको संरक्षण र सुदृढीकरणमा प्रतिबद्ध छ।
प्रकाशित: १६ माघ २०८२ ०९:२३ शुक्रबार





