सशस्त्र प्रहरीको गोली लागेर झापामा एक जनाको ज्यान भएको छ। झापा गाउँपालिका ३ स्थित कटुवामारी भन्ने ठाउँमा गोरु काटेको आरोपमा दुई व्यक्तिलाई नियन्त्रणमा लिएर विर्तामोड आउँदै गर्दा कामाटोली भन्ने ठाउँमा स्थानीय र प्रहरीबीच झडप भएको थियो। झडपको क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागि घाइते भएका ३८ वर्षिय रसिकुल आलमको उपचारको क्रममा बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।आलमलाई एक राउण्ड गोली लागेको थियो।
प्रहरीले अबदुल सलाम र ताजबुल हकलाई पक्राउ गरेको थियो। उनीहरुलाई पक्राउ गरेर ल्याउँदै गर्दा स्थानीयले प्रहरीमाथी ढुंगामुढा सहित आक्रमण गरेको प्रहरीले जनाएको छ। भिडलाई नियन्त्रणमा लिन हवाई फायर हुँदा उनी घाइते भएको जनाइएको छ। पक्राउ परेका दुवैजना इ.प्र.का. कुमरखोदमा रहेको थापाले जनाए।
प्रकाशित: १० भाद्र २०७७ १६:१२ बुधबार





