२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

मन्त्री र सांसदको तलबले देश डुबेको हैन : बालेन्द्र साह

अघिल्लो पटक प्रदेश सभाको मतदानमा सहभागी नभएका बालेन्द्र साहले झापाका जनतासँग प्रदेश सरकारको बजेट र जनप्रतिनिधिको तलब भत्ताले देश नडुबेको बताएका छन्।

झापा क्षेत्र नम्बर ५ मा रहेका सुकुम्बासी बस्तीका जनताले प्रदेशस्तरको बजेट कटौती गरी शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क गर्न भनेपछि साहले प्रदेश संरचनाकै कारण बजेट अभाव नभएको बताएका हुन्। उनले भने, ‘प्रदेश संरचनामा खर्च न्यून छ। तलबमा जाने न्यून खर्च हो। मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन।’

प्रदेश संरचना खारेज हुँदैमा बजेटको समस्या समाधान नहुने उनको तर्क छ। तर झापाको जनताले प्रदेश संरचना हटाए बजेट पर्याप्त हुने र शिक्षासँगै स्वास्थ्यमा जनताले सुविधा पाउने बताएका थिए।   

प्रकाशित: २० माघ २०८२ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App