२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

शुक्रबारदेखि पाँचथरमा यातायात सञ्चालनमा रोक

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि शुक्रबार दिउँसोबाट अत्यावश्क बाहेक पाँचथर जिल्लाभरी गाडी सञ्चालनमा रोक लगाइएको छ।  अत्यावश्यक बाहेक भदौ १८ गतेसम्म दुई पाङ्ग्रे सहित सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले जानकारी दिए।  

यस अघि जिल्लाभरी सवारी साधानलाई सञ्चालनमा रोक लगाइएको थिए। गाडी सञ्चालन भएपछि भिडभाड बढेको भन्दै रोक लगाइएको छ।

यस्तै फिदिम नगरपालीकाले विहिवार राती १२ बजेदेखि  अत्यावश्यक वाहेक सबै सेवा, व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको छ। प्रमुख प्रशासकिय अधिकृत अम्बीका अधिकारीका अनुसार एक सातासम्म अत्यावश्क बाहेक बजार पशल, अन्य सेवा बन्दगर्ने तथा हिडडुल नगर्न नगरबासीलाई अनुरोध गर्ने निर्णय भएको छ।

चार जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएसँगै यस्तो निर्णय भएको हो। जिल्लास्थित कोडिभ–१९ जोखिम व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले अत्यावश्क कामबाहेक कर्मचारीलाई विदा स्वीकृत गर्न नदिने निर्णय गरेको छ। यस्तै, बाहिर गएका तथा सरुवा भएर आएका कर्मचारीलाई पिसिआर परिक्षण नगरी हाजिर गर्न नदिने निर्णय गरेको छ।  

प्रकाशित: १० भाद्र २०७७ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App