१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रोकिएन मध्यपुर थिमिमा कोरोनाको भयावह

भक्तपुरको मध्यपुर थिमिमा वढदो कोरोनाको भयावह अझै रोकिएको छैन । काठमाडौंसँंग जोडिएको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा निरन्तर कोरोना संक्रमित वढ्दो छ । बुधबार पनि जिल्लाका नगरपालिकाहरूमध्ये त्यहाँं सबैभन्दा वढी कोरोना संक्रमित भेटिए ।  

बुधवार स्वास्थ्य मन्त्रालयबाट भक्तपुरमा २४ जना संक्रमित बिरामी फेला परेको भनिएको छ तर पनि २२ जनाको मात्रै नामावली आएको जिल्ला जनस्वास्थ्य कार्यालय कटुजे भक्तपुरले जनाएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले साँझ ६ वजेसम्म दिएको तथ्यांक अनुसार तीमध्ये मध्यपुर थिमि नगरपालिकामा मात्रै आठ जना भेटिएका छन । उनीहरूमध्ये चार जना पुरुष र चार जना महिला रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  

नगरपालिकाको लौहकन्थलीमा १ जना, कौशलटारमा २ जना, वडा नं.५, ६, र पुरानो थिमिमा एकएक जना, नगदेशमा २ जना गरी (४ महिला र ४ जना पुरूष) ८ जना भेटिएको हो । हालसम्म यस नगरपालिका क्षेत्रमा मात्रै एक सय १७ जना संक्रमित भेटिएका छन । यहाँं बुधबार आठ जना, यसअघि मंगलबार १० जना र सोमबारसम्म ९९ जना संक्रमित पुगेको थियो ।  

बुधबार जिल्लाको सुर्यबिनायक नगरपालिकामा ६ जना पुरूष र ५ महिला गरी ११ जना भेटिएका छन । जिल्लामा मध्यपुर थिमि पछि दोश्रो धेरै देखिएको नगरपालिका सुर्यविनायक हो । साथै त्यसपछि तेश्रो वढी देखिएको नगरपालिका भक्तपुर हो । बुधबार भक्तपुर नगरपालिककाको ब्यासीमा १ जना महिला भेटिएका छन ।  

यसरी बुधुबार जिल्लामा कुल २० जना पुष्टि भएको छ । जिल्लामा बुधबार भेटिएकामध्ये बाँकी दुई जनाको खोजतलास भइरहेको जनाएको छ ।जिल्लाका एकजनाको बुधबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । योसँंगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेहरूको संख्या तीन जना पुगेको छ ।

प्रकाशित: १० भाद्र २०७७ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App