राधेले मतदाता धम्क्याउन थालेपछि...
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण भण्डारी (राधे) ले भाइको विरुद्धमा बागी उठेको भन्दै स्वतन्त्र उम्मेदवार र समर्थकलाई धम्क्याउन थालेपछि स्थानीय आन्दोलित बनेका छन्।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण भण्डारी (राधे) ले भाइको विरुद्धमा बागी उठेको भन्दै स्वतन्त्र उम्मेदवार र समर्थकलाई धम्क्याउन थालेपछि स्थानीय आन्दोलित बनेका छन्।
सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तह मध्ये अहिलेसम्म १९ वटाको मत गणना सम्पन्न भएको छ। मतगणना सम्पन्न स्थानीय तहमा नेपाली कांग्रेस ७, नेकपा एमाले ७ र नेकपा माओवादी (केन्द्र)ले ५ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष जितेको छ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार विनोद चालिसेले दुई हजार ८७७ मत ल्याई अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले दिए।
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन्।
माओवादी द्धन्दको आधार इलाका भनेर चिनिएको थवाङमा माओवादीका ऋषि केशव बुढामगर सबिनले ५ बर्षका लागि सत्ता हातमा लिएका छन्।
कैलालीको जोशीपुर गाउँपालिकामा राप्रपाले अग्रतालिएको छ। यसअघि अग्रस्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीलाई पछि पार्दै राप्रपाले अग्रता लिएको हो।
७ वटा वडा रहेको भैरवी गाउँपालिकाको अध्यक्षमा रीता शाहीले ३ हजार ९ सय ९६ मत ल्याएर विजयी भएकी हुन्। उनको निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका सर्वराज महतराले ३ हजार ९ सय ६० मत ल्याएका थिए।
कांग्रेसका प्रदीप कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भए। उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकातर्फबाट विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे।
यसअघि वडा नम्बर एकको मतगणना सकिँदा रेनु १२१ मतले अघि थिइन्। स्वतन्त्र रुपमा उमेद्वारी दिएका जगन्नाथ पौडेलले पनि आफ्नो मत बढाउँदै लागेका छन्। पौडेलले १ हजार २०४ मत ल्याएका छन्।
हेमन्त ३ हजार ८ सय १८ मत ल्याएर विजयी बने भने डिकेन्द्रले ३ हजार ४ सय ९५ मत ल्याएका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा डिकेन्द्रले हेमन्तलाई अध्यक्षमा पराजित गरेका थिए। डिकेन्द्र नेपाली कांग्रेसको क्षेत्रीय सभापति हुन् भने हेमन्त एमालेको गाउँ कमिटी अध्यक्ष हुन्।
मेयरका माओवादी उमेद्वार सुरेन्द्र थापार्घीले ७ हजार ६ सय ३ मत ल्याउदा उनका निकटतम प्रतिद्धन्ती कांगे्रसका शेरबहादुर थापाले ३ हजार ६ सय ५८ मत ल्याएका छन्।
अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले तीन हजार २८९, नेकपा माओवादी केन्द्रकी मिना बिकले ९९५, उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले तीन हजार २४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवालले एक हजार ७८३ मत पाएकी थिइन्।
ताप्लेजुङका दुई गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ। फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बू(मुक्ति)निर्वाचित भएका छन्।
२०७४ सालको स्थानीय निर्वाचनमा सबैभन्दा धेरै मतदाता भएको काठमाडौं महानगरपालिकाको मत गन्न १४ दिन लागेको थियो। अघिल्लो निर्वाचनबाट पाठ सिकेर आयोगले मतगणना व्यवस्थित नगरी पुरानै शैलीलाई पछ्याउँदा निर्वाचन परिणाम आउन दुई साता लाग्ने देखिएको छ।
उम्मेदवार माओवादीको, चुनाव चिह्न समाजवादीको! पार्टी राजनीतिमा कहिलेकाँही नेताहरुले यस्तै नियती भोग्नुपर्ने रहेछ। चौतारा साँगाचोकगढी नगरपालिका–१ को वडाध्यक्षमा एकीकृत समाजवादीको कलम चिह्न लिएर चुनावी मैदानमा उत्रिएका माओवादी उम्मेदवार युवलाल श्रेष्ठ निर्वाचित भएका छन्।
काठमाडौ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतगणनाको दोस्रो दिन आइतबार पनि आफ्नो अग्रता कायम राखेका छन् ।
७ हजार ७२७ मतगणना हुँदा सुवेदीले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई १४ मतले पछि पfरेका हुन्। सुवेदीले २ हजार ६९३ मत प्राप्त गरेका छन्। सुवेदीलाई पछ्याउँदै दाहालले २ हजार ६७९ मत ल्याएकी छिन्।
जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा वडा न. १, २, ४, ५, ६, ७ र ८ मा माओवादीले जित हासिल गर्दा वडा न. ३ मा कांग्रेसले जितेको छ।
जिल्लाभर गठबन्धन गर्दै गर्दा काँग्रेस र राष्ट्रिय जनमोर्चालाई समेत भाग लगाउनु परे पनि गठबन्धन गर्दा माओवादीले केन्द्र गाउँपालिका अध्यक्ष सहित पाँच वटै वडाको अध्यक्ष पायो । नेपाली काँग्रेसले गाउँपालिका उपाध्यक्ष सहित सदस्य पायो।
जुगल गाउँपालिका–२ को वडाध्यक्ष निर्वाचित गर्न दुई पटक मतगणना गर्नु परेको छ। पहिलो पटक एक र दोस्रो गणनामा नौ मतान्तरले एमाले उम्मेदवार चन्द्रकाजी लामा वडाध्यक्ष निर्वाचित भएका हुन्।
नेपाली कांग्रेसबाट उपप्रमुख पदकी उम्मेदवार इन्द्र गुरुङलाई हराउँदै उनले ३५३२ मत ल्याएर विजयी भईन। गुरुङले ३३६१ मत ल्याएको अजिरकोट गाउँपालिकाका मूख्य निर्वाचन अधिकृत कमलराज भण्डारीले बताए।
नेपाली कांग्रेसले भने चाँंगुनारायण र सूर्यविनायकमा दुई दुई वटा वडा अध्यक्ष गरी कुल चार वटा वडा अध्यक्ष जितेको छ। उसले दुई वटा नगरपालिकामा चार वटा वडा अध्यक्ष जितेको हो।
मधेस प्रदेश सरकारमा कृषि राज्यमन्त्री रहेका यादवको वडामा जसपाका उम्मेदवारले ३० मत मात्र प्राप्त गरेका छन्।
नेकपा एमालेका तर्फबाट लेटाङ नगरपालिका वडा नम्बर १ मा विष्णुकुमार मगरसहितको प्यानल विजयी भएको छ। मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ मा सन्तोषकुमार मगरसहितको प्यानल विजयी भए। केराबारी गाउँपालिका वडा नम्बर १ मा शरण थापा मगर अध्यक्ष निर्वाचित भए। १० नम्बर वडामा पूर्णबहादुर मगरसहितको प्यानल विजयी भएको छ।